तथ्यांकमा देखिएको विश्व अर्थतन्त्रको डरलाग्दो तस्बिर «

तथ्यांकमा देखिएको विश्व अर्थतन्त्रको डरलाग्दो तस्बिर

बढ्दो कोरोना कहर र आर्थिक असमानताले विश्व पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्था कतै भत्कने त होइन भनेर विभिन्न विश्लेषण गर्न थालिएको छ ।

कोरोना भाइरसले मानवीय स्वास्थ्य र मनोविज्ञानमा मात्र असर पारेको छैन, विश्व अर्थतन्त्रमा समेत डरलाग्दो तस्बिर हाम्रो सामु देखा परेको छ । यसले आर्थिक असमानताको चरम उत्कर्षमा पु-याएको छ भने अर्बौं मानिस रोजगारविहीन भएर गरिबीको संख्या दिनप्रतिदिन बढाएको छ । त्यतिमात्र होइन, कुल गार्हस्थ्य उत्पादनमा समेत कमी आई कैयौं देशको आर्थिक वृद्धिदरसमेत कल्पनै गर्न नसकिने गरी ऋणात्मक भएको छ । कोभिड–१९ सँग जुध्न हरेक राष्ट्रले ऋण लिनुपरेको छ । आर्थिक सम्पन्न भएका देशहरूमात्र सबै क्षेत्रमा सक्षम हुन्छन् भन्ने आममानिसको विश्वासलाई कोरोनाले गलत अथवा भ्रम सावित गरेको छ । कोरोनाले के प्रमाणित गरेको छ भने भौतिक सम्पन्नता र धनदौलतले मात्र मानव जीवन सुरक्षित हुन सक्दैन । योभन्दा महत्वपूर्ण त राजनीतिक, आर्थिक, सामाजिक चेतना तथा मान्यताहरू हुन्छन् भने कुरा उजागर गरेको छ । कोरोनाले विश्व अर्थतन्त्रमा पु-याएको असरलाई निम्न बुँदामा यसरी बुझ्न सकिन्छ ।
१. आर्थिक असमानता झन् बढ्ने : कोरोना भाइरसले आर्थिक असमानताको खाडल झन् डरलाग्दो हुने देखिएको छ । यो संकटको समयमा विश्वको ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजोस महामारीकै बीचमा २ सय अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बनेका छन् । त्यस्तै अर्को ठूलो चिनियाँ अनलाइन सपिङ प्लेटफर्म अलिबाबाले पनि कोरोनाको कहरबीच डरलाग्दो कमाइ गरेका छन् । कोभिड–१९ को संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले विश्वभर नै अनलाइन सपिङ कल्चर ह्वात्तै बढेपछि इ–कमर्स कम्पनीहरूले यसको प्रत्यक्ष लाभ लिइरहेका छन् । कोभिड–१९ को असरले आधिकांश मानिस अघिल्लो वर्षको अक्सफामको प्रतिवेदनलाई समेत उछिन्ने देखिएको छ; अर्थात् धनी झन् धनी र गरिब झन् गरिब बन्ने स्थिति देखिएको छ । धनीहरूले समयको अवसरलाई चिनेर, व्यापार तथा नीति परिवर्तन गरेर, अत्यधिक वस्तुको मुनाफा राखेर झन् धेरै कमाइ गरिरहेका छन् । अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बेजोसको नेटवर्थ २ खर्ब डलरभन्दा माथि पुगेको छ । यस वर्षको अहिलेको समयको अवधिमा अमेजोनको सेयर मूल्यमा ८६ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । यो समयमा अर्को ठूलो अमेरिकी कम्पनी एप्पल २ ट्रिलियन डलर बजारमूल्य भएको पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ । गत जुलाईमा सार्वजनिक भएको कम्पनीको उत्साहवद्र्धक वित्तीय प्रतिवेदनपछि एप्पलको सेयर मूल्यमा लगातार भइरहेको बढोत्तरीसँगै यसको बजार मूल्यले २ ट्रिलियन डलरको कोसेढुङ्गा पार गरेको छ । अमेजन, माइक्रोसफ्ट तथा गुगललगायतका प्रतिस्पर्धी कम्पनीहरूको मूल्य ४ ट्रिलियन डलरको सेरोफेरोमा रहेको अवस्थामा एप्पलले आपूmलाई दोब्बर मूल्य बनाउन सफल भएको छ । योसँगै एप्पल, अमेजन, माइक्रोसफ्ट तथा गुगल कम्पनीको गरी कुल बजारमा ६ ट्रिलियन डलर पुगेको छ ।
हाम्रो छिमेकी देश भारतका धनाढ्य व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सम्पत्ति अहिले बढेको छ । यो कम्पनी विश्वको दोस्रो ठूलो ब्रान्ड घोषितसमेत भएको छ । अब मुकेश अम्बानी विश्वको चौथो धनी व्यक्ति बन्न सफल भएका छन् । ब्लुमवर्ग अर्बपति सूचकांकको रियल टाइम नेटवर्थका अनुसार अम्बानी कुल सम्पत्ति ८०.६ अर्ब डलरसहित विश्वको चौथो धनीको स्थानमा उक्लिएका छन् । सम्पत्तिका हिसावले मुकेश अम्बानी अहिले फेसबुकको संस्थापक मार्क जुकरवर्गभन्दा पछाडि छन् । मार्क अहिले विश्वको तेस्रो धनी मानिस हुन् । त्यस्तै माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स दोस्रो स्थानमा छन् भने अमेजनका सिइओ जेफ बेजोस पहिलो स्थानमा छन् । मुकेश अम्बानीले एलबीएएमएचका बर्नाड अनोल्ड एन्ड फेमिलीलाई पछि पारेका हुन । बर्नाड अनोल्ड पाँचांै स्थानमा छन् भने हाथवेका वारेन बफेट छैटांै स्थानमा छन् । बढ्दो कोरोना कहर र आर्थिक असमानताले विश्व पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्था कतै भत्कने त होइन भनेर विभिन्न विश्लेषण गर्न थालिएको छ ।
२. बढ्दो गरिबी : विश्वभरि नै पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्थाले साम्राज्य फैलाइरहेका बेला विगत ८-९ महिनादेखि कोरोना साम्राज्यले विश्वलाई तवातवा बनाइरहेको छ । महामारीले मानव स्वास्थ्यलाई मात्र होइन, विश्व अर्थतन्त्रलाई समेत डामाडोल बनाएको छ, जसका कारणले आर्थिक असमानताको खाडल झन् डरलाग्दो हुने देखिएको छ । यो संकटको समयमा विश्वको ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजोस महामारीकै बीचमा २ सय अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बनेका छन् । त्यस्तै, अर्को ठूलो चिनियाँ अनलाइन सपिङ प्लेटफर्म अलिबाबाले पनि कोरोनाको कहरबीच डलरलग्दो कमाइ गरेको छ । कोभिड–१९ को संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले विश्वभर नै अनलाइन सपिङ कल्चर ह्वात्तै बढेपछि इकमर्स कम्पनीहरूले यसको प्रत्यक्ष लाभ लिइरहेका छन् ।
२२ अप्रिल २०२० मा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रममा कार्यकारी निर्देशक डेभिड विस्ले संयुक्त राष्ट्र सुरक्षा परिषद्को छलफलमा उपस्थित विश्वका नेतासामु चेतावनीयुक्त स्वरमा भन्दै थिए, “हामी भोकै महामारीको डिलमा उभिएका छौं । कुनै नयाँ कदम चालिएन भने केही महिनाभित्रै दोस्रो महायुद्धपछिको सबैभन्दा ठूलो मानवीय संकट हामीले भोग्नुपर्नेछ । सिरिया, यमन, युक्रेन युद्ध, अफ्रिकामा सलह प्रकोप, लेबनान, कंगो, इथोपिया, सुडान तथा नेपाल (भुइँचालोबाट भएको क्षतिको अर्थमा) मा आर्थिक संकट तथा प्राकृतिक प्रकोप बढेका छन् । संसारभर ८२ करोड १० लाख मानिस साँझ भोकै सुत्ने गरेका छन् । थप १३ करोड ५० लाख एक छाकमा जीवन चलाउनुपर्ने अवस्थातिर धकेलिँदै छन् ।” यो कोभिड–१९ को संक्रमणले विश्वव्यापी रूप ग्रहण गर्नुमाथिको तस्बिर हो । कोभिड–१९ पछि सन् २०२० को अन्त्यसम्ममा थप १३ करोड मानिस भोकमरीको महामारीमा धकेलिनेछन् । उनले भने, “उचित प्रबन्ध नगर्ने हो भने तीन महिनामा ३ लाख मानिसले भोकको कारण मृत्युवरण गर्नुपर्नेछ । कतिपय मुलुकमा खाद्य संकटका कारण सामाजिक द्वन्द्व निम्तिनेछ । अरू धेरै कोभिड–१९ को महामारीभन्दा आर्थिक कठिनाइका कारण मृत्यु बेहोर्न बाध्य हुनेछन् तथा लकडाउनका कारण पैदा हुने आर्थिक मन्दीले सबैभन्दा धेरै श्रमिक वर्ग रेमिट्यान्सबाट धानिएका मुलुकहरू खासगरी हैटी, नेपाल र सोमालियामा सबैभन्दा बढी चोट पुग्नेछ ।”
३. बढ्दो ऋण र जीडीपी ऋणात्मक ः आज विश्व अर्थतन्त्र ऋणको भारले ग्रसित हुन थालेको छ । यो ऋण दिनप्रतिदिन उत्कर्षमा पुगेको छ । द इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्सका अनुसार सन् २०१९ सम्ममा विश्वभरिका सरकारी, व्यवसायी तथा घरपरिवार क्षेत्रको कुल ऋण २ सय ५५ ट्रिलियन डलर पुगेको छ, जुन विश्वको कुल गार्हस्थ्य उत्पादनभन्दा ३ सय २२ प्रतिशत बढी हो । यसरी विश्वको कुल जनसंख्या करिब ७ अर्ब ७७ करोडमा प्रतिव्यक्ति ऋण ३२ हजार ५ सय डलर हुन पुग्छ । विश्वको कुल उत्पादनभन्दा कुल ऋण ३.२ गुणाले वृद्धि भएको छ । यस्तो तीव्र गतिले बढेको ऋणलाई विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषजस्ता संस्थाहरूले सतर्कता देखाए तापनि ऋणको वृद्धिदरमा भने कमी आउने देखिएको छैन । कोरोना महामारीका कारणले गर्दा ऋणको भार अझ बढ्ने देखिन्छ । कोरोनाका कारण बहुआयामिक असर पर्दा विश्वको अर्थतन्त्रमा दोस्रो विश्व युद्धभन्दा पछिको ठूलो संकट आउने देखिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कुनै पनि देशको कुल ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी हुनु हँुदैन, अर्थात् कुल ऋण र जीडीपीको अनुपात १ सय प्रतिशतभन्दा कम हुनुपर्छ । यो अनुपात १ सय प्रतिशतभन्दा कम रहेमा त्यस्तो देशमा आर्थिक समस्या कम हुन्छ । तर, यो अनुपात १ सय प्रतिशतभन्दा बढी हुँदा देशमा वित्तीय सङ्कट बढ्न सक्ने सम्भावना अधिक रहन्छ । मुद्रा कोषका अनुसार नै सन् २०१९ सम्ममा सबैभन्दा बढी ऋणको भार जापानमा रहेको छ । यो देशमा कुल गार्हस्थ्य उत्पादनभन्दा कुल ऋण २ सय ३५ प्रतिशतले बढी छ । जापानमात्र होइन, आर्थिक रूपले सम्पन्न अन्य देशहरू इटालीमा १ सय ८५ प्रतिशत, अमेरिकामा १ सय ४ प्रतिशत, फ्रान्समा ९८ प्रतिशत, क्यानडामा ९० प्रतिशत र बेलायतमा ८७ प्रतिशत ऋणको अनुपात छ ।
४. बढ्दो बेरोजगारी ः कोरोना भाइरसका कारण विश्वका झन्डै १.३ अर्ब जनसख्या बहुआयामिक गरिबीको रेखामुनि पुगेको अवस्था छ । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले नोबेल कोरोना भाइरसका कारण विश्वभर सवा अर्ब श्रमिकले रोजगारी गुमाउने आकलन गरेको छ । यो महामारीले मानव स्वास्थ्यलाई मात्र होइन, विश्व अर्थतन्त्रलाई समेत डामाडोल बनाएको छ, जसका कारण आर्थिक असमानताको खाडल झन् डरलाग्दो हुने देखिएको छ । वर्तमान विश्व संकटको समयमा संसारकै ठूलो अनलाइन सपिङ प्लेटर्फम अमेजनका संस्थापक जेफ बेजोस महामारीकै बीचमा २ सय अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बनेका छन् । त्यस्तै, अर्को ठूलो चिनियाँ अनलाइन सपिङ प्लेटफर्म अलिबाबाले पनि कोरोनाको कहरबीच डरलाग्दो कमाइ गरेको छ । कोभिड–१९ को संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले विश्वभर नै अनलाइन सपिङ कल्चर ह्वात्तै बढेपछि इकमर्स कम्पनीहरूले यसको पर्याप्त लाभ लिइरहेका छन् ।
कोरोना भाइरसका कारण नेपालसहित दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै सबैभन्दा कमजोर हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । बैंकले नेपालको आर्थिक वृद्धिदर त १.८ प्रतिशतभन्दा माथि नजाने जनाएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ मा नेपाल सरकारले ७ प्रतिशत घोषणा गरेको छ । कोरोनाका कारण अहिले एउटा देशले अर्को देशलाई सहयोग गर्ने अवस्था छैन । त्यही भएर विश्वका देशहरू थप गरिब हुने विश्व बैंकको दाबी छ । यसअघि विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने बताएको थियो । लकडाउन र निषेधाज्ञाको अवधि अझै बढेमा नेपालसहित दक्षिण एसिया क्षेत्रको अर्थतन्त्र झनै खराब हुने पनि विश्व बैंकको दाबी छ । धेरै अर्थशास्त्री र अर्थ विज्ञहरूले पनि यस्तै अनुमान गरेका छन् ।
अन्त्यमा कोरोना भाइरसले विश्व पुँजीवादको आडम्बरलाई तोडेको छ । अमेरिका र युरोपका धेरै देशहरू संसारका पुँजीवाद समृद्धिका केन्द्र मानिन्छन्, तर तिनै देशहरू आज कोरोना भाइरसको महामारीबाट पराजित छन् । त्यहाँ नागरिकहरूले उपचार पाउन नसकेर मृत्युले छट्पटाएका हृदयविदारक घटनाहरू दिनप्रतिदिन बढ्दो छ । औषधिको अभाव छ । अस्पतालहरू अपर्याप्त छन् । करोडौंको रोजगारीमाथि संकट आएको छ । नागरिकहरू बेरोजगार छन् । हरेक राज्यको ऋण बढ्दो छ । देशको अर्थव्यवस्था दिनप्रतिदिन संकटग्रस्त हुँदैछ । तर, ठूलाठूला कर्पोरेट हाउसहरू, धनाढ्य व्यक्तिहरू दिन दुगुना रात चौगुना झन्–झन् धनी भएका छन् । तर सापेक्षित रूपले कमजोर देखिए पनि अर्थ राजनीतिक दृष्टिले फरक रहेका समाजवादी देशहरू र लोककल्याणकारी राज्यमा कोरोनाको प्रभाव कम देखिएको छ । तसर्थ पुँजीवादी अर्थराजनीति भएका देशहरूले समाजवादी राज्यव्यवस्थाको विकल्प गर्न ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्