दर्जन गन्तव्यबाट १ लाख श्रमिक फर्किए «

दर्जन गन्तव्यबाट १ लाख श्रमिक फर्किए


नियमित उडान सुचारु भएपछि विदेशबाट फर्कने नेपालीको संख्या बढेर १ लाख पुगेको छ । सोमबारसम्म कोरोना संकटका कारण श्रम गन्तव्यमा रोजगारी र व्यवसाय गुमाएका १ लाख ३ हजार नेपाली स्वदेश फर्किएका छन् । फर्किएका नेपालीमध्ये रोजगारी गुमाएर ३२ श्रम गन्तव्यबाट फर्कनेको संख्या १ लाख रहेको छ । हालसम्म श्रमिक र गैरश्रमिक गरेर १ लाख ४ हजार ६ सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
सरकारले कोरोनाको रिपोर्ट लिएर आएका नेपालीको अवस्था हेरेर एयरपोर्टबाट सोभैm घर पठाउने नियम बनाएका कारण हाल अस्थायी रूपमा बनाइएका क्वारेन्टाइन समेत खाली भएका छन् । पीसीआर रिपोर्ट नेगेटिभ आएका र लक्षण मिल्दोजुल्दो भएका यात्रीलाई भने होटल क्वारेन्टाइनमा पठाउने गरिएको कोभिड १८ संकट व्यवस्थापन केन्द्रका मेजर बुद्ध लामाले जानकारी दिए ।
यसरी फर्किएका बाहेक विदेशमा रोजगारी र व्यवसाय गुमाएका नेपालीको संख्या यसभन्दा दोब्बर रहेको सरकारी अध्ययनले नै देखाएको छ । विगत २ महिनामा विदेशमा अलपत्र १ लाख ३ हजार मध्ये कतार, साउदी अरब, यूएई, मलेसिया, कुबेत, कोरिया, टर्की, जापान, ओमान र बहराइनबाट मात्र लगभग ९५ हजार नेपाली फर्किका छन् । वैदेशिक रोजगारीबाट फर्कनेको संख्याको तुलनामा विदेश जाने भने अत्यान्त न्यून मात्र रहेका छन् । विदेश जान श्रम स्वीकृति दिए पनि कतार, साउदी र बहराइनतर्पm भने नेपाली जान पाएका छैनन् । असार १ गतेबाट विभिन्न श्रम गन्तव्यलक्षित हवाई उडान नियमित भएपछि नेपाल फर्कने श्रमिक लगायत अन्य व्यक्तिको संख्या सोमबारसम्म १ लाख ४ हजार ६ सयभन्दा बढी छ ।
सरकारले बिदेशबाट १ लाखभन्दा बढी अलपत्र नेपालीलाई उद्धार गरे पनि यात्रुले अझै महँगो हवाई भाडा तिर्दै आएका छन् । सीसीएमसीले यसरी आएकामध्ये प्रमुख श्रम गन्तव्य कतार, साउदी अरब, युएई, मलेसिया र कुवेतलगायत देशबाट आउने नेपालीको संख्या बढ्दै गएको जनाएको छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको भए पनि नेपाल आउन टिकट काटेर प्रतीक्षामा रहेका नेपालीको संख्या भने हाल स्वदेश फर्कन थालेका छन् ।
यसैबीच, लकडाउन अवधिमा विदेशबाट ३७९ नेपालीको शव समेत नेपाल ल्याईएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड र पछिल्लो समय नियमित उडान हुन थालेपछि सोमबारसम्ममा ती शवहरू नेपाल ल्याइएको हो । अहिलेसम्म कतारबाट ७०, मलेसियाबाट ११८, कुवेतबाट ११, ओमान २, यूएई ३५ र साउदीबाट ११५ शव नेपाल ल्याइएको छ । मृत्यु भएकामध्ये ११४ मृतकको शव परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । यसमध्ये कोरोनाका कारण ६ श्रम गन्तव्यमा ११२ नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्