१८८ यात्रु बोकेको विमान समुद्रमा खस्यो «

१८८ यात्रु बोकेको विमान समुद्रमा खस्यो

जकार्ता-जकार्ताबाट पाङकालका लागि उडेको इन्डोनेसियाली विमान सेवा लायन एयरको यात्रु विमान समुद्रमा खसेको छ ।
यो दुर्घटनामा कति यात्रुको हताहती भयो भन्ने विषयमा तत्काल केही खुलाईएको छैन । विमानमा चालक दलका सदस्य सहित १८८ मानिस सवार थिए ।
“विमान दुर्घटना भएको पुष्टि भइसकेको छ,” नेशनल सर्च एन्ड रेस्क्यू एजेन्सीका प्रवक्ता युसुफ लातिफले बताए । उक्त विमान उडान भरेको १३ मिनेटपछि सम्पर्क विहिन भएको अधिकारीले बताएका छन् ।
“हाम्रा उडान मध्यको एक विमान सम्पर्क विहिन भएको पुष्टि हामी गर्न सक्छौ,” लायन एयरका प्रवक्ता डानाङ मन्डाला प्रिहान्तोरोले बताए । यसको अवस्थाको बारेमा अभैm केही भन्न नसकिने पनि उनले बताए ।
विमानको सीट लगायत विमानको टुक्राटुक्री अफसोर रिफाइनिङ फ्यासिलिटीमा फेला परेको राज्य उर्जा फर्म पर्टामिकाका एक अधिकारीले बताए ।
एयर ट्राफिक अधिकारीहरुसँग सम्पर्क गुमाएको ठाउँ नजिकै विमानको टुक्राटुक्री फेला परेको सर्च एन्ड रेस्क्यू एजेन्सीका प्रमुख महमद स्याउजीले बताए ।
एयर ट्रयाकिङ सर्भिस फ्लाइटराडार–२४ का अनुसार यो बोइङको ७३७ म्याक्स–८ विमान थियो ।
“हालको अवस्थामा हामी कुनै प्रतिक्रिया दिन सक्दैनौ,”लायन एयर ग्रुपकमा प्रमुख कार्यकारी एडवार्ड सिरेटले बताए । “हामी सूचना र तथ्यांक संकलन गर्ने प्रयासमा छौ,” उनको भनाई थियो ।
लायन एयर इन्डोनेसियाको सबैभन्दा नयाँ र ठूलो विमान सेवा कम्पनी हो । यो कम्पनीले दर्जनौ आन्तरिक र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ ।
२०१३ मा यो विमान सेवाको एक विमान बोइङ ७३७–८०० जेट पनि बालीमा अवतरणको समयमा धावनमार्ग भन्दा बाहिर गएको थियो र विमानमा सवार १०८ यात्रु सकुसल भएको अवस्थामा समुद्रमा झरेको थयो ।

 

प्रतिक्रिया दिनुहोस्