मर्चेन्ट बैंकिङको भूमिका इन्भेस्टमेन्ट बैंकिङमा रूपान्तरण हुँदैछ «

मर्चेन्ट बैंकिङको भूमिका इन्भेस्टमेन्ट बैंकिङमा रूपान्तरण हुँदैछ

समग्र अर्थतन्त्रमा कोरोनाको असर परेको हुँदा नेपाली सेयर बजारमा समेत यसले असर पारेको छ । नेपाल स्टक एक्सचेन्चमा सूचीकृत अधिकांश बैंक–वित्तीय संस्था, उत्पादनमूलक तथा व्यापारिक संस्था एवं बिमा तथा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय सञ्चालन तथा विस्तारमा प्रभाव पारेको हुँदा त्यसको असर सेयर बजारमा देखिएको हो । यद्यपि त्यो असर पहिले अलिक बढी देखिएको भए तापनि विस्तारै सबै कुरा सञ्चालनमा आउँदै जान थालेको हुँदा सेयर बजारमा यसले अहिलेको समयमा भने खासै नकारात्मक असर पारेको देखिएको छैन । यसका साथै कोरोनाले केही सकारात्मक प्रभावसमेत नेपाली सेयर बजारमा पारेको छ । जस्तैः अनलाइन कारोबार प्रणाली, अनलाइनबाटै भुक्तानीजस्ता अन्य कार्य पनि अनलाइनका माध्यमबाट हुन थालेका छन् ।
यता मर्चेन्ट बैंकिङको क्षेत्रमा सेयर बजारमा आउने उतारचढावले केही असर त गरेकै छ । तर, त्योभन्दा पनि कार्य सञ्चालनका हिसाबले अन्य असरहरू बढी छन् । सीमित कर्मचारीलाई अफिसमा बोलाई कार्यालय सञ्चालन गर्दै अधिकांशलाई वर्क फ्रम होमका साथै सेवाग्राहीहरूलाई समेत अनलाइनको माध्यमबाट मात्रै सेवा प्रवाह गर्नुपर्ने भएकाले व्यवसाय विस्तारमा केही असहजता छ । यसैक्रममा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीसंग मर्चेन्ट बैंकका समस्या तथा कार्यसञ्चालनका बारेमा कारोबारले गरेको कुराकानीको सारः

दिनेश थकाली
प्रमुख कार्यकारी अधिकृत
प्रभु क्यापिटल
विश्वव्यापी कोरोना महामारीको असर नेपाली सेयर बजारमा कत्तिको परेको छ ? बजारको उतारचढावका कारण मर्चेन्ट बंैकमा पनि यसको असर परेको देख्नुहुन्छ ?
समग्र अर्थतन्त्रमा कोरोनाको असर परेको हुँदा नेपाली सेयर बजारमा समेत यसले असर पारेको छ । नेपाल स्टक एक्सचेन्चमा सूचीकृत अधिकांश बैंक–वित्तीय संस्था, उत्पादनमूलक तथा व्यापारिक संस्था एवं बिमा तथा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय सञ्चालन तथा विस्तारमा प्रभाव पारेको हुँदा त्यसको असर सेयर बजारमा देखिएको हो । यद्यपि त्यो असर पहिले अलिक बढी देखिएको भए तापनि विस्तारै सबै कुरा सञ्चालनमा आउँदै जान थालेको हुँदा सेयर बजारमा यसले अहिलेको समयमा भने खासै नकारात्मक असर पारेको देखिएको छैन । यसका साथै कोरोनाले केही सकारात्मक असरसमेत नेपाली सेयर बजारमा पारेको छ । जस्तै ः अनलाइन कारोबार प्रणाली, अनलाइनबाटै भुक्तानी, अनलाइनबाटै ईडीआईएसको माध्यमबाट राफसाफका लागि सेयरको भुक्तानीलगायतका सेवाहरू सञ्चालनमा आएका छन् ।
यता मर्चेन्ट बैंकिङको क्षेत्रमा सेयर बजारमा आउने उतारचढावले केही असर त गरेकै छ । तर, त्योभन्दा पनि कार्य सञ्चालनका हिसाबले अन्य असरहरू बढी छन् । सीमित कर्मचारीलाई अफिसमा बोलाई कार्यालय सञ्चालन गर्दै अधिकांशलाई वर्क फ्रम होमका साथै सेवाग्राहीहरूलाई समेत अनलाइनको माध्यमबाट मात्रै सेवा प्रवाह गर्नुपर्ने भएकाले व्यवसाय विस्तारमा केही असहजता छ ।

मर्चेन्ट बैंकहरू भनेको बैंकभन्दा पनि ठूलो महŒवको संस्था हो, तर नेपालमा मर्चेन्ट बैंकहरूलाई बैंकका सहायक कम्पनीका रूपमा ल्याइयो । धेरैले मर्चेन्ट बैंकहरूको अस्तित्व नै स्वीकार्दैनन् । एड्भाइजरी सेवा दिने, एसेस्ट म्यानेजमेन्ट गरिदिने वा बैंकलाई मनि सप्लाइ गर्ने जस्ता मुख्य काम त धेरैले गरेको देखिन्न । नेपालमा मर्चेन्ट बैंकको भविष्य छ त ?
एकदमै महŒवपूर्ण प्रश्न सोध्नुभयो । प्रारम्भिक अवस्थादेखि नै यहाँ क्यापिटलहरू भनेको सेयर निष्कासन गर्ने, प्रत्याभूति गरिदिने र सेयर रजिस्ट्रारको काम गर्ने भनेर कार्य गर्दै आएको हुँदा यसको अन्य पक्षहरूका बारेमा खासै चर्चा भएको छैन । अन्तर्राष्ट्रिय बजारमा यस्ता क्यापिटलहरूको भूमिका मर्चेन्ट बैंकिङका रूपमा मात्रै सीमित नभएर इन्भेस्टमेन्ट बैंकिङका रूपमा विस्तारित भएको छ र बिस्तारै यहाँ माथि भनिएको जस्तो कर्पोरेट एड्भाइजरी, एसेट म्यानेजमेन्ट, फाइनान्सियल रिस्ट्रक्चरिङ, प्रोजेक्ट फाइनान्सिङ, अल्टरनेटिभ इन्भेस्टमेन्ट फन्डहरूको सञ्चालन तथा व्यवस्थापनलगायतका कार्यहरू सुरुवात हुँदै गएको छ । यसरी हेर्दा मर्चेन्ट बैंकिङको भूमिका बिस्तारै इन्भेस्टमेन्ट बैंकिङमा रूपान्तरण हुँदै गएको देखिन्छ र आगामी दिनहरू अझै राम्रो हुने विश्वास गर्न सकिन्छ ।

बेला–बेलामा नियामक निकाय (धितोपत्र बोर्ड) का बारेमा पनि विवाद आइरहन्छ । नियामक निकायले मर्चेन्ट बैंकहरूलाई कत्तिको स्वतन्त्रता दिएको छ ?
त्यस्तो खासै विवादस्पद हुने अवस्था त मैले देखेको छैन । नियामक निकायले मर्चेन्ट बैंकिङहरूलाई ऐननियम तथा नियमावली र निर्देशिकाहरू बनाई कार्य गर्ने क्षेत्र र दायरा स्पष्ट पारिदिएको अवस्था छ । यद्यपि त्यो कार्यक्षेत्र र दायरा केही अझै फराकिलो भइदिए झनै राम्रो हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो । त्यसमा केही छलफलहरू हुनु, मर्चेन्ट बैंकरहरूले त्यसको औचित्यका बारेमा नियामक निकायलाई प्रस्ट पार्ने कार्य गर्नुलाई विवाद मान्नु हुँदैन । नियामक निकायले हामीलाई हाम्रो कार्यक्षेत्रका बारेमा प्रस्ट व्यवस्था गरेको हुँदा धेरै हदसम्म स्वतन्त्र नै छौं भनेर मान्छु ।

विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा परेको असर कम गर्न राष्ट्र बैंकले केही प्याकेज ल्याएजस्तै यो कठिन समयमा धितोपत्र बोर्डले पनि सेयर बजार विस्तार गर्न केही गरिदिए हुन्थ्यो भन्ने छ ?
धितोपत्र बोर्डले सेयर बजारका लागि पनि केही राहत प्याकेज ल्याए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो । पुँजीबजारको नियामक निकायका रूपमा रहेको धितोपत्र बोर्डले बैंक–वित्तीय संस्था तथा अन्य उत्पादनमूलक उद्योगधन्दाको सञ्चालन तथा यो कारोना महामारीको व्यवस्थापनका क्रममा नेपाल सरकार तथा राष्ट्र बैंकले जारी गरेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रकारको राहत प्याकेजमा प्रत्यक्ष तथा परोक्ष ढंगबाट भूमिका खेलेको होला भन्ने विश्वास गर्न सकिन्छ । किन सकिन्छ भने हाल नियामक निकायमा अध्यक्ष रहनुभएको व्यक्तित्व राष्ट्र बैंकबाटै आउनुभएको हुँदा यसमा पक्कै पनि भूमिका खेल्नुभएको होला भन्ने लाग्छ । अझ पहिलो लकडाउन तथा तत्पश्चात् नेपालको पुँजीबजार आइन्दा कारोबार बन्द हुने अवस्था कहिल्यै आउनु हुन्न भनी धितोपत्र बजारलाई प्रविधिमैत्री बनाउन तथा बजारलाई चलायमान बनाउन विभिन्न निकायहरू, सरोकारवालासँग नियामक निकायका रूपमा धितोपत्र बोर्डले संयोजनकारी भूमिका खेलेकै कारणले यो कोरोना प्रभावका बाबजुद सेयर बजारमा प्रविधिको प्रयोग सफल ढंगले हुन पुगेको छ । जसका कारणले आज जो–कोही लगानीकर्ता आज देशभित्रको जुनसुकै कुनाबाट र विदेशमै रहेर पनि सेयर बजारमा खरिदबिक्री गर्ने, खरिद गरेको रकम भुक्तानी गर्ने तथा बिक्री गरेको सेयरलाई ईडीआईएसमार्फत भुक्तानी गर्ने सहज अवस्थामा पुगेका छौं । यो पनि एक हिसाबले विस्तार नै हो । र, यसमा अब धितोपत्र दलाल व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने तथा लगानीकर्ताहरूलाई अनलाइनबाटै कारोबार खाता खोल्न तथा डिम्याट खाता खोल्नका लागि आवश्यक नीति–नियमहरू आउन सके यो कोरोनाको अवस्थामा जो जहाँ रहे तापनि उसले चाहेको सेवा आफूलाई पायक पर्ने धितोपत्र दलाल व्यवसायीका साथै डिम्याटका लागि डीपी सदस्यहरूसँगको पहुँच विस्तार हुने थियो भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस्