सोलुखुम्बुका विभिन्न स्थानबाट राँगाचोरी गरी बेच्ने तथा काटेर मासु बेच्ने पक्राउ

सोलुखुम्बुका विभिन्न स्थानबाट पटकपटक राँगा चोरी गर्ने तथा काटेर मासु बेच्ने पक्राउ परेको परेका छन् । सोलुदूधकुण्ड नगरपालिकाका विभिन्न स्थानबाट राँगाचोरी बेच्ने सोलुदूधकुण्ड नगरपालिका ४ रोक्दिनका २८ वर्षीय रामबहादुर श्रेष्ठ तथातिंला घर भई सेर्गामा बस्दै आएका पूर्णबहादुर भुजेल र मासु काटी बेच्ने सल्लेरीमामासु पसल गर्दै आएका ओखलढुंगाको सुनकोसी गाउँपालिका १ का कुमारबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोलुदूधकुण्ड नगरपालिका ४ रोक्दिनका श्रेष्ठले असोज २१ गते दोर्पुकादावा साङमु तामाङको ६० हजार पर्ने एक रागाँचोरी गरी बेचेको, असोज १४ गते सोलुदूधकुण्ड नगरपालिका ३ खोलाघारीकाका जितामाङको ४३ हजार मूल्य पर्ने एक भंैसी चोरी गरी श्रेष्ठले बेचेको र भैंसी किनी काट्ने ओखलढुंगाका मगरलाई पक्राउ गरिएको छ ।
त्यस्तै, असोज १४ गते रोक्दिनका श्रेष्ठले सोलुदूधकुण्ड–४ का कल्पना मगरको ७० हजार मूल्य बराबरको भैँसी चोरी बेचेको र भैँसी किनी काट्ने ओखलढुंगा सुनकोसीका मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।
त्यस्तै, असोज १९ गते सोलुदूधकुण्ड नगरपालिका–४ बस्ने मंगलविश्वकर्माको ३५ हजार मूल्य बराबरको राँगातिंला घर भई सेर्गामा बस्दै आएका भुजेलले चोरी गरी बेचेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।