राष्ट्रपतिको कतार भ्रमण स्वीकृत «

राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

सरकारले आजदेखि हुन लागेको राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए ।
भ्रमणका क्रममा कृषि तथा पशुपंक्षी विकाससम्बन्धी, स्वास्थ्यसम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कूटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले मलेसिया सरकारसँग हुने श्रम सम्झौताको एमओयूलाई स्वीकृत गरेको छ । हाल मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएको छ । सम्झौता भएसँगै मलेसियामा नेपाली कामदार मलेसिया जाने बाटो खुल्ला हुनेछ । एमओयूमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टलाई हस्ताक्षर गर्ने जिम्मेवारी दिइएको छ ।
त्यस्तै, बैठकले गोरखापत्र दैनिकका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चार प्रविधिमन्त्री समेत रहेका प्रवक्ता बास्कोटाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्