विदेशमा सिकेको सीप, ज्ञान, प्रविधि र पुँजीलाई उचित ठाउँमा प्रयोग गर्नुपर्छ «

विदेशमा सिकेको सीप, ज्ञान, प्रविधि र पुँजीलाई उचित ठाउँमा प्रयोग गर्नुपर्छ

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह आयोजनामा भएको विश्व ज्ञान सम्मेलन काठमाडांै विश्वविद्यालयको सहकार्यमा भइरहेको छ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञ, नेपालमा रहेका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञहरू सहभागी भएका छन । २ दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटनकाक्रममा प्रमुख वक्ताहरुको मन्तव्यको सार :

समुन्नत मातृभूमि देख्न चाहन्छौं
कुमार पन्त
अध्यक्ष, गैरआवासीय नेपाली संघ
समृद्ध नेपाल बनाउने सपनालाई साकार पार्न विदेशमा सिकेको ज्ञान र सीपलाई आर्थिक तथा सामाजिक विकास गर्नका लागि महत्वपूर्ण उपलब्धि भएको छ । सम्मेलनले पहिलो संस्करणमा सिकाएका राम्रा कुरालाई कार्यान्वयनमा लैजाने र देश विकासमा लगाउने कुरामा सबैको साथ रहने छ ।
हामीले एक वर्ष अगाडि नेपाल सरकारको सहकार्यमा पहिलो विज्ञ सम्मेलन सम्पन्न गरेका छौं । त्यो सम्मेलनले हामी हामीलाई सिक्ने र कार्यान्वयन गर्ने मौका दियो । एक वर्ष अगाडि गरेको सम्मेलन पनि महत्वपूर्ण रहेको थियो । विज्ञ सम्मेलनको परिकल्पनादेखि नै प्रधानमन्त्रीज्यू पनि यसको लक्ष्य र उद्देश्य प्रति जानकार हुनुहुन्छ । यो अवसरमा सम्माननीय प्रधानमन्त्रीलाई पाउँदा खुसी लागेको छ । यस वर्षको सम्मेलन विषम परिस्थितिका कारण भौतिक स्वरुपमा उपस्थित नभई गरिरहेका छांै ।
गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन कोरोनाले पारेको प्रभाव र कोरोना पश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा केन्द्रित गरिएको छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन संघले दुई वर्षअघि विश्व ज्ञान सम्मलेन गर्दै आएको छ । यो वर्षको सम्मेलनमा संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य र नेपाल सरकारको १५आंै पञ्चवर्षीय योजनाका विषयमा विज्ञले कार्यपत्र पस्तुत गर्नेछन् । सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् । २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट ३०० भन्दा बढी प्रस्तोताको सहभागिता रहने छ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत हुन्छ । कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोना पश्चात विश्वभर चालिएका कदम र नेपालीले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित छ ।
विदेशमा नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई एकीकृत र संगठित पार्दै मातृभूमिको हितमा आधिकारिक रूपमा प्रयोग गर्नु नै गैरआवासीय नेपाली संघको मुख्य उद्देश्य हो । स्थापनाको १७ वर्षमा विश्वका १८० भन्दा बढी राष्ट्रमा गएर आवासीय नेपाली संघको शाखा विस्तार भएको छ । अझै यो अभियान बढ्दो रूपमा छ । यसबीचमा देशको समृद्धिका लागि हामीले थप प्रयास गरेका छौं । हामीले गरेका पहलमा आर्थिक विकासका मुद्दाहरू बढी छन् । गैरआवासीय नेपाली साथीहरू पनि आर्थिक रूपमा नै बढी समर्पित भएको पाइन्छ । नेपालमा लगानी गर्दा गैरआवासीय नेपाली साथीहरूले उच्च प्रतिफल पनि पाउनु भएको छ । यस्ता लगानीका क्रमलाई अझ बढाउनु पर्ने भएको छ । विदेशमा सिकेको कतिपय ज्ञान, सीप र अनुभव पैसाले पनि किन्न नसकिने अवस्था हुन्छ । किनभने आवासीय नेपालीले गर्ने लगानी भनेको भावनात्मक लगानी हो । विदेशमा हासिल गरेको विशेषज्ञता नेपालको विकासका लागि प्रयोग गर्नु यो सम्मेलनको लक्ष्य हो । गैरआवासीय नेपाली संघको केबल एक संस्थामात्र नभएर यो एक अभियान पनि हो । अभियानले देशको बृहत्तर हितका लागि केही काम गरेर राम्रो छाप छोड्नुपर्छ भन्ने मान्यता हो । यही मान्यताबाट हाम्रा हरेक काम निर्देशित हुनुपर्छ । अहिलेको कोरोनाले विश्वव्यापी रूपमा असर गरिरहेकोे परिप्रेक्ष्यमा नेपालको विकासका लागि गर्ने कामका विषयमा हामीले सोचेर महत्वपूर्ण भूमिका खेल्नुपर्छ । यो सम्मेलनमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय विभिन्न विश्वविद्यालय र अन्य संघसंस्थाको महत्पूर्ण सहयोग रहेको छ ।
केही फरक कुरा गर्न चाहान्छु, काठमाडौंको ह्यात होटलमा भएको गैरआवासीय नेपाली सम्मेलनमा भएको घटनाबाट हामीलाई लज्जाबोध भएको छ । भविष्यमा यस्ता घटना नदोहोरियोस् भनेर हामीले रूपान्तरणको अभियान सुरु गरेका छौं हामीले गैरआवासीय नेपाली संघको निर्वाचन र अधिवेशन एकैसाथ नगर्ने निर्णय गरेका छौं । नेपालका राजनीति दलहरूलाई गैरआवासीय नेपाली संघको चुनावमा सहयोग नगरी रूपान्तरण अभियानमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । हाम्रो प्रमुख लक्ष्य भनेको देशकै समृद्धि र विकास हो । गरिब र विपन्नको रूपमा चिनिएको हाम्रो मातृभूमि नेपाललाई समुन्नत विकास भएको देख्न पाए विदेशमा रहेका नेपालीहरू गर्वसाथ बस्न सक्छौं ।

आपूmले आर्जन गरेको बौद्धिकतालाई देश विकासमा प्रयोग गर्नु पर्छ
भवन भट्ट
पूर्वअध्यक्ष, गैरआवासीय नेपाली संघ
पहिलो विज्ञ सम्मेलनपछि दोसो विज्ञ सम्मेलन आयोजना गर्नु आपैmमा एक सफलता हो । विषम परिस्थिमा पनि संस्थाले नियमित प्रक्रियाको रूपमा रहेको महत्वपूर्ण सम्मेलनलाई निरन्तरता दिनु आपैmमा महत्वपूर्ण कूरा हो । युरोप, अमेरिका, ओसियालगायतका विभिन्न क्षेत्रमा भएका एनआरएनएका अभियान अत्यन्त रामो तरिकाले सञ्चालन भइरहेको छ । यतिबेला विश्व नै महामारीको अवस्थामा छ । महामारीको अवस्था भनेको विश्वभर नै पैmलिएका कारण यसको नियन्त्रणका लागि नेपाल केन्द्रित हुन नसकिरहेको अवस्था छ । सबै देश यसको संकटमा लागिरहेका कारण विदेशमा रहेका सबै नेपाली एक भएर जसरी नेपालका लागि लाग्नु पर्ने थियो, त्यो सोचेअनुसार हुन नसक्ने बाध्यता छ । कोरोनाले विश्वभर नै छुट्टै किसिमको माहोल तयार गरेको छ । कोरोनाले पछिल्लो समय आफ्नो स्वरुप बढाउँदै फरक तरिकाले पैmलँदै गएको छ । यो एक किसिमले हाम्रो परीक्षण पनि हो ।
यो एक किसिमको चुनौती पनि हो । बौद्धिक सम्मेलनले दिने भनेको विदेशमा हासिल गरेका अनुभवलाई नेपाल लगेर स्मार्ट तरिकाले अगाडि बढाउनु नै सबैभन्दा महत्पूर्ण पक्ष हो । हिजो हामी फरक अवस्था र परिस्थितिमा बसेका थियौ । यसअघि आर्थिक, सांस्कृतिक, शैक्षिक र सामाजिक पक्षमा ध्यान केन्द्रित गरिरहँदा अहिले कोभिड संकटमा नै सबै केन्द्रित हुनुपर्ने अवस्था आएको छ । हामी कोभिडअघि र पछि कसरी बाँच्ने भन्नेबारे विभिन्न ८० भन्दा बढी देशमा रहेर विज्ञबाट अनुभव लिने अवसर पाएका छौं । अब यसलाई नियन्त्रण प्रयास गर्दै कसरी आफ्नो अर्थतन्त्रलाई अगाडि बढाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने अवस्था आएको छ ।
यसअघि साना तथा मझौला उद्योगलाई सानो रूपमा हेरिँदै आएको थियो । तर अहिले यसलाई व्यवस्थापकीय उद्योगका रूपमा हेरिएको छ । अहिले संसारलाई अर्थतन्त्रले डो¥याएको छ । अहिले अर्थतन्त्रलाई जोगाएर यसलाई कसरी व्यवस्थापन गरेर लैजाने भन्ने मुख्य चुनौती रहेको छ ।
अर्थतन्त्रलाई चलायमान बनाउन विशेषगरी विभिन्न देशमा रहेका नेपालीको महत्पूर्ण भूमिका रहन्छ । जसरी अहिले नयाँ उत्साहका साथ अघि बढिरहेको छ । अर्थतन्त्र भनेको आज अगाडि बढेको हुन्छ, भोलि घटेको हुन्छ । तर संसारभर बसेका बौद्धिक समुदायहरू आज कम असरमा पर्ने वर्गमा रहनु भएको छ । यसकारणले के बुझाउँछ भने विद्यालाई कसैले चोरेर लैजान सक्दैन । आपूmले आर्जन गरेका बौद्धिकतालाई देशको विकासका लागि प्रयोग गर्नुपर्ने देखिएको छ ।
भौतिकरूपमा सम्मेलनमा उपस्थित हुन नसक्ने अवस्था रहे पनि यो सम्मेलनका धेरै भन्दा धेरै व्यक्तिको सहभागिता रहेको देखिन्छ । यसले सम्मेलन अझ प्रभावकारी हुने देखिएको छ । सम्मेलनबाट निस्केका महत्पूर्ण उपलब्धिलाई कार्यान्वयनको पक्षमा उतार्न सके यो सम्मेलनको महत्व अझ बढने विश्वास लिएको छु ।

समृद्ध नेपालको चाहाना पूरा गर्ने दायित्व हामीले पनि लिन चाहन्छौं
हेमराज शर्मा
महासचिव, गैरआवासीय नेपाली संघ
‘जननी जन्मभूमिश्च स्वर्गदपी गरियाशी’ भन्ने भावनाले ओतप्रोत लाखौं गैरआवासीय नेपालीहरूलाई नेपालको आर्थिक र सामाजिक विकासमा सधै लाग्न लालायित छन् । यस भवनालाई सन २००३ मा स्थापित गैरआवासीय नेपाली संघले मूर्तरूप दिएसँगै विदेशमा कमाएको पँुुजी नेपालमा भित्र्याएर नेपालले क्रमशः प्रगति हासिल गर्न थालेको छ । पुँजी पश्चात विदेशमा हासिल गरेको ज्ञान, सीप, अनूभव र प्रविधिलाई भित्र्याउन राष्ट्रले कस्तो नीति लिनु पर्छ भन्ने विषय महत्वपूर्ण हुन्छ । विदेशमा बस्ने नेपाली कति सक्षम छन् । उनीहरू बीच कसरी सञ्जाल स्थापना गर्न सकिन्छ । उनीहरूसँग विदेशमा रहेका विज्ञसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने मन्थन गर्दै २ वर्ष पहिले विश्व ज्ञान सम्मेलन सफलतापूर्वक सम्पन्न गरेका थियौं । उक्त सम्मेलनमा नेपाल सरकार र डयासपोरामा रहेका नेपालीको प्राप्त सहयोग र हौसलाले यो दोस्रो सम्मेलनले नयाँ उचाइका साथ आयोजना गर्न ठूलो मद्दत मिलेको छ । पहिलो विश्व सम्मेलनबाट आएको श्वेतपत्रको निचोड नेपाल सरकारलाई बुझाएका थियौं । त्यो सम्मेलनले दिएको निचोडका आधारमा नेपाल सरकारले केही सुझाव कार्यान्वयनमा ल्याएकाले हामीलाई थप हौसला मिलेको छ । बे्रन गेन संस्थाको स्थापना, विज्ञान तथा प्रविधि नीतिको परिमार्जनलगायतका विषयलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ ।
तर अभैm पनि सम्मेलनका धेरै सुझाव प्रभावकारी कार्यान्वयन भए नभएको बारेमा थप अध्ययन र अनुगमन गर्नुपर्ने भएको छ । पहलो ज्ञान सम्मेलनबाट प्राप्त अनुभव र सिकाइअनुसार नेपाल सरकार विभिन्न निकाय परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, काठमाडांै विश्वविद्यालय तथा अन्य शैक्षिक संस्था र राष्ट्रिय अनुसान्धान केन्द्रको प्रत्यक्ष सहभागितामा सम्मेलन आयोजना गरेका छांै । यसको एउटै उद्देश्य सम्मेलनको उपलब्धि सम्बन्धित निकायमा पुगोस् र प्रभावकारी कार्यान्वयन होस् भन्ने हो । यो बेला विश्व कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । यसले नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापार व्यवसाय लगायतका सबै क्षेत्रमा प्रभाव पारेको छ । हजारौं नेपाली श्रमिक स्वदेश फर्किएका छन् । उनीहरूको व्यवस्थापन र उद्यमशिलता विकासको ठूलो चुनौती बनेको छ । अतm यो सम्मेलनले कोरोनाले नेपालमा पारेको प्रभाव र विश्वमा चालेका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका विषयमा केन्द्रित हुनेछ । यसैले यो सम्मेलनको नारा ‘कोभिड–१९ पछिको परिदृष्यमा नेपालको समृद्धि र नवप्रवद्र्धनमा गैरआवासीय नेपालीको भूमिका’ दिइएको छ । कोरोना महामारी प्र्र्र्रभावसहित संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य र नेपाल सरकारको १५आंै पञ्चवर्षीय योजनाका विषयमा केन्द्रित रहेको छ ।
सम्मेलनमा ३० भन्दा बढी देशका १०० भन्दा विश्वविद्यलाय र अनुसन्धान केन्दबाट २१० वटा कार्यपत्र पस्तुत गरिने छ । थप ९० भन्दा बढी बिज्ञले कार्यपत्रमा टिप्पणी गर्नुहुनेछ । सम्मेलनमा ४ प्लेनरी १५ सिम्पोजिय र ३ विशेषे सत्रमा कृषि, खाद्य सुरक्षा, महामारी तथा प्राकृतिक संकट व्यवस्थापन, स्वास्थ्य, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, वातावरण, भौतिक पूर्वाधार विकास, समाज विज्ञान, व्यावसायिक शिक्षा, विज्ञान तथा प्रविधि नीति, प्रविधि तथा बजारीकरण र आर्थिक रूपान्तरण लगायतका विषय समावेश गरिएको छ ।
बढीभन्दा बढी गैरआवासीय नेपालीको सहभागिता रहोस् भन्ने उद्देश्यले हामीले विविध विषय समावेश गरेका हांै । यसै वर्ष अमेरिका, ओसियाना, एसिया प्यासिफिक र युरोपियन क्षेत्रमा भएका ज्ञान सम्मेलनदेखि यहाँ आइपुग्दा हजारांै गैरआवासीय नेपालीको सञ्जाल बनिसकेको छ । तर अभैm पनि धेरै गैरआवासीय विज्ञ यस सञ्जालमा बाँधिन बाँकी छन् । यति ठूलो ज्ञान र पँुजीलाई स्थायित्व गर्न एनआरएनए र नेपाल सरकारले स्थायी प्रकृतिको संयन्त्र बनाउन जरुरी छ । ताकी विज्ञहरू नियमित रूपमा परिचालित भई सक्रिय हुन सकून र मापन गर्न सकिने उपलब्धि हासिल होस् । यस विषयमा छलफल गर्न राष्ट्रिय नीति आयोग र डयासपोरा विज्ञबीच एउटा छुट्टै सत्रको आयोजना गरेका छौं ।
हामी भौतिक रूपमा उपस्थित भएर काठमाडौं विश्वविद्यालयमा यो सम्मेलन आयोजना गर्न चाहान्थ्यौं । तर विश्वव्यापी रूपमा पैmलिएको यो महामारीले सम्भव भएन । महामारीले हामीले मानसिक, आर्थिक र भौतिक रूपमा कतै न कतै प्रभाव पारेको छ । तथापि जन्मभूमिलाई केही गरौं भन्ने भावनालाई कोरोना भाइरसले रोक्न सकेन र हामीले अनलाइनबाट सम्मेलन गर्ने निर्णय ग¥यांै । अनलाइन प्रविधिले विश्वमा छरिएर रहेका नेपालीलाई अनुभव साटासाट गर्ने अवसर दिएको छ । विदेशमा रहेका नेपाली हामी भौतिक रूपमा मात्र टाढा छौं, भावनात्मक रूपमा होइन । समृद्ध नेपालको चाहाना पूरा गर्ने दायित्व हामीले पनि लिन चाहान्छौं ।

बौद्धिकता, सीप र ज्ञानको अभावले विकास निर्माण अपुरो हुन्छ
भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल सरकार र गैरआवासिय नेपाली संघको संयुक्त आयोजना भएको दोसो विज्ञ सम्मेलनले विदेशमा रहेका नेपालीलाई एकीकृत गरी उनीहरूले आर्जन गरेको सीप, ज्ञान, प्रविधि र पुँजीलाई उचित ठाउँमा प्रयोग गर्ने गरी स्थापना भएको संस्था निरन्तर अघि बढिरहेको छ । पुँजी र प्रविधिका लागि मुलुकमा सबैभन्दा बढी ज्ञान र सीप पनि हो । बौद्धिकता, सीप र ज्ञानको अभाव हुँदा विकास निर्माण अपुरो हुने यथार्थतालाई विदेशबाट फर्केका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास तथा समृद्धिका लागि उपयोग गर्ने उद्देश्यका साथ यो संघले २ वर्षअघिदेखि सुरु गरेको ग्लोबल नलेज कन्फेरेन्स आपंैmमा महत्वपूर्ण हो ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य र नेपाल सरकारको १५औ पञ्चवर्षीय योजनाको विषयमा समेत विज्ञहरुरूरूले सम्मेलनका दौरान कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रमले सम्मेलनको महत्वलाई अझ बढाउने छ । यस सम्मेलनले कोभिडका कारण सिथिल भएको नेपाली अर्थतन्त्रलाई आगामी दिशा तय गर्न पनि कामयावी हुने विश्वास छ । स्थापनाकालमा ३२ वटा देशमा सञ्जाल विस्तार गरेको संघ अहिले ८० भन्दा बढी देशमा पुगेको छ ।
एनआरएनए अहिले नेपालीहरूको सबैभन्दा ठूलो र लोभलाग्दो संस्थाको रूपमा स्थापित भएको छ । पहिलो पुस्ताले संघको परिकल्पना मात्र गरेको थियो भने संघले अहिले ३ पुस्ता आबद्ध भइसकेका छन् । विश्वभरका नेपालीहरू यो अभियानमा कुनै न कुनै रूपमा जोडिएका छन् । गैरआवासीय नेपालीको पहिचान गर्दै उनीहरूको सीप र क्षमतालाई कसरी स्वदेशको विकास र समृद्धिमा केन्द्रित हुन्छ भन्ने विश्वास लिएकी छु । विश्व अहिले कोभिड संक्रमणको गम्भीर अवस्थामा छ । विश्व अर्थतन्त्र अहिले धरासायी भएको छ । हामो अर्थतन्त्र पनि जर्जर अवस्थामा छ । संक्रमणको असर तत्काल नदेखिए पनि आगामी दिनमा असर देखिँदै जाने अनुमान गर्न सकिन्छ ।
विदेशमा भिसा नपाएर हजारौं नेपाली श्रमिक स्वदेश फर्किरहेको अवस्था छ । साथै स्वदेशमा पनि हजारौं रोजगारविहीन भएर बसिरहेको अवस्था छ । विभिन्न तथ्यांकले स्वदेश तथा विदेशमा १५ लाख नेपाली बेरोजगार भएको देखाउँछ । सञ्चालनमा रहेका उद्योग ३० देखि ४० प्रतिशतको क्षमतामा भइरहेको अवस्था छ । शिक्षा, व्यपार, पर्यटनलगायत सबै व्यवसाय ठप्प भएका छन् । अर्थतन्त्र ओरालो लाग्दै कोमामा जाने अवस्थामा सरकारले डाक्टरको भूमिकामा रहनु पर्ने अवस्था रहेको छ । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपालीका सपनालाई साकार पार्न नेपाल उदोग वाणिज्य महासंघ सरकार तथा एनआरएनसँग सहकार्य गरेर अघि बढन प्रतिबद्ध छ । मुलुक अति नै संवेदनशील अवस्थामा रहेका बेला यो सम्मेलन भइरहेको छ । कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापछि विश्वभरि चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने आगामी रणनीतिका विषयमा यो सम्मेलनले स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा छ ।
कोभिडपछि विश्व अर्थतन्त्रमा आउने आमुल परिवर्तनलाई आत्मसाथ गरी नेपाली अर्थतन्त्रलाई सोहीअनुसार अघि बढाउन सरकार, निजी क्षेत्र र गैरआवासीय नेपाली सहकार्य गर्नुपर्छ भन्ने निजी क्षेत्रको अपेक्षा छ । सम्मेलनले चुनौती मात्र नभएर अवसर के हुनसक्छ भनेर अवश्य नै छलफल हुने अपेक्षा गरिएको छ । विशेषगरी डिजिटल इकोनोमी, स्टाटअफ प्रोजेक्टलगायतका क्षेत्रमा पनि मन्त्रीज्यूले धारणा राख्नु भयो । नेपालका लागि तुलनात्मक फाइदाका विषयमा प्रधानमन्त्रीज्यूले राख्नु भएको नेपाली आयुर्वेदिक तथा जडिबुटीलाई विश्वबजारमा चिनाउन गरिने प्रयास लगायतका विषयमा योजनाबद्ध विकास गर्ने विषयमा छलफल हुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्