डिजिटल कारोबार गर्दा सेवा शुल्क नलाग्ने «

डिजिटल कारोबार गर्दा सेवा शुल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म डिजिटल वालेटमार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमार्फत हुने कारोबारमा सेवा शुल्क नलिन निर्देशन दिएको हो ।
कोरोना भाइरसको असहज परिस्थितिलाई दृष्टिगत गर्दै सेवा शुल्क नलिन भन्दै राष्ट्र बैंकले वालेटहरुलाई पुस मसान्तसम्म सेवा शुल्क लिन नपाइने बताएको हो ।
केन्द्री बैंकले डिजिटल कारोबार गर्ने वालेटहरुका लागि सेवा शुल्क पनि तोकेको छ । सरकारलाई बुझाउने राजस्वअनुसार ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लाग्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार १ हजारको कारोबार भएमा निःशुल्क, १ हजारदेखि ३ हजारसम्म ५ रुपैयाँ, ३ हजारदेखि १० हजारसम्म १० रुपैयाँ र १० हजारभन्दा माथि कारोबार गर्नेलाई ३० रुपैयाँ सेवा शुल्क लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्