अगस्टमा बेलायती अर्थतन्त्र अपेक्षा भन्दा कम वृद्धि «

अगस्टमा बेलायती अर्थतन्त्र अपेक्षा भन्दा कम वृद्धि

लन्डन: मासिक आधारमा बेलायतको अर्थतन्त्र अगस्टमा २.१ प्रतिशतले वृद्धि भएको छ । देशको अर्थतन्त्र मन्द गतीमै भएपनि कोरोनाभाइरसको संकटबाट क्रमिक रुपमा सुधार भएसँगै आर्थिक वृद्धिमा यो सुधार आएको हो ।
जीडीपीमा अगस्टको अनुमानित वृद्धि अपेक्षा भन्दा न्यून भएको थियो । रोयटर्सले अर्थशास्त्रीमाझ गरेको सर्भेले मासिक विस्तार ४.६ प्रतिशत हुने अपेक्षा गरिएको थियो । यो जुलाईको ६.४ प्रतिशत, जुनको ९.१ प्रतिशत र मे महिनाको २.७ प्रतिशत वृद्धि पछिको हो । यद्यपि अप्रिलमा १९.५ प्रतिशतको गिरावट आएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले अगस्टमा जीडीपी फेब्रुअरीको तुलनमा ९.२ प्रतिशत कम रहेको थियो ।
लकडाउन नियमहरु खुकुलो हुन थालेसँगै अगस्टसम्मको ३ महिनाको अवधिमा जीडीपी ८ प्रतिशतले वृद्धि भएको ओएनएसले जनाएको छ ।
बेलायतको सेवा क्षेत्र अगस्टमा २.४ प्रतिशतले वृद्धि भएको थियो । बेलायती अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा सबैभन्दा बढी रहेको छ । यो जुलाईको ५.९ प्रतिशत वृद्धिपछिको हो । खाद्यान्न र पेय सेवा उद्योगमा भएको झन्डै ७० प्रतिशतको वृद्धिले यो माथि उठेको हो । ओएनएसले यसमा प्रतिबन्धमा भएको खुकुलोपना र सरकारको ‘इट एन्ड टु हेल्प आउट स्कीम’को योगदान भएको उल्लेख गरेको छ ।
लकडाउनबाट देश फर्किएपछि पछिल्ला महिनाहरुमा अर्थतन्त्रको धेरै क्षेत्रमा सुधारको मार्ग खुलेको छ । तर कोभिड–१९ का केशहरु पछिल्ला साताहरुमा बढ्दै गएपछि दोस्रो वृद्धि हुने देखिन्छ ।
बेलायती सरकारले पुरै बेलायतभरी बार र रेष्टँरामा १० बजेको निशेधाज्ञा लगाएको छ । आगामी साताहरुमा थप प्रतिबन्धको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्