हिउँ चितुवालाई श्रद्धासुमन ! «

हिउँ चितुवालाई श्रद्धासुमन !

पर्वतारोहीहरूको कुरो गर्दा हाम्रो देश नेपाल पर्वतारोहीहरूको मुहान अर्थात् खानी नै हो । त्यसमा पनि नेपालको सोलुखुम्बु, संखुवासभा, दोलखा, ताप्लेजुङ, सिन्धुपाल्चोकलगायतका जिल्लाहरू पर्वतारोहीहरू उत्पादन हुने जिल्लाहरू हुन् भन्न सकिन्छ । अथवा यसो भनौं, सोलुखुम्बु, संखुवासभा, दोलखा, ताप्लेजुङ, सिन्धुपाल्चोकलगायतका जिल्लाका पर्वतारोहीहरू (विशेषतः शेर्पा समुदाय) ले हिमाल आरोहणमा गरेको उन्नति र प्रगति अनि उनीहरूले राखेका अनेकौं विश्व कीर्तिमानहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । त्यसमा पनि अझ सोलुखुम्बु जिल्लालाई विशेष रूपमा लिनुपर्ने हुन्छ । अझ सोलुखुम्बु जिल्लाभित्रको पनि थामो÷थामे, हालको खुम्बु पासाङल्हामु गाउँपालिकालाई नेपालको सन्दर्भमा पर्वतारोहीहरू रहेको नमुना गाउँकै रूपमा लिन सकिन्छ । किनभने थामो (थामे) गाउँमा पर्वतारोही प्रतिभाहरू धेरै नै रहेका छन् । जस्तै ः चौबीसौं पटक सगरमाथा चढेका कामीरिता शेर्पा, पहिलो पटक सबैभन्दा धेरै पटक (२१ पटकसम्म) सगरमाथा चढेका आप्पा शेर्पा (उहाँ हाल अमेरिका बस्नुहुन्छ÷आउने–जाने गर्नु हुन्छ ।), पहिलो पटक लगातार बिनाअक्सिजन १० औं पटक सगरमाथा चढेका स्वर्गीय आङरिता शेर्पा आदिलाई कदापि पनि बिर्सन मिल्दैन । किनभने सगरमाथा आरोही नेपालीहरूमध्ये लगभग ६५–७५ प्रतिशत (मेरो व्यक्तिगत अनुमान मात्रै हो) सोलुखुम्बु जिल्लाको शेर्पा समुदायका रहेका छन् । अनि मात्रै संखुवासभा जिल्ला, दोलखा जिल्ला, ताप्लेजुङ जिल्ला, सिन्धुपाल्चोक जिल्लालगायत नेपालका अन्य जिल्लाहरू आउँछन् । सोलुखुम्बु जिल्लाको पनि खुम्बु पासाङल्हामु गाउँपालिकाका थामो (थामे) गाउँका प्रतिभाहरू धेरै छन् । स्मरणीय के छ भने आङरिता शेर्पालाई उनले बिना आर्टिफिसियल अक्सिजन १० औं पटक सगरमाथा चढेकै कारण नेपाली मिडियाहरूले मात्रै नभएर विश्वभरिकै मिडियाहरूले ‘हिउँ चितुवा’को उपनाम पनि दियो । त्यस्तै पहिलो पटक बिना आर्टिफिसियल अक्सिजन सगरमाथा चढ्ने पर्वतारोही इटलीका रेनहोल्ड मेस्नर हुन् ।
यसरी हेर्दा जीवनमा एकपटक भए पनि विश्वकै अग्लो हिम शिखर सगरमाथा चढेर आफ्नो नाम राख्न पाए हुन्थ्यो’ भनेर विश्वभरिका मान्छे (खास गरी पर्वतारोहणमा रुचि भएका) लाखौं अमेरिकी डलर खर्च गरेर आउँछन् । तर, हाम्रो देश नेपालका कामीरिता शेर्पालगायत शेर्पा प्रतिभाहरूले त उल्टै उनीहरूबाट काम र माम (ज्याला वा निश्चित रकम) लिएर २४ औं पटक, २१ औं पटक, आङरिता शेर्पाले बिना आर्टिफिसियल अक्सिजन १० औं पटक सगरमाथा चढेर पहिलो कीर्तिमान बनाए भने २० औं, १९ औं, १८ औं, १७ औं, १६ औं, १५ औं, १४ औं, १३ औं, १२ औं, ११ औं, … औं …, सगरमाथा चढ्ने नेपाली शेर्पा प्रतिभाहरू त कति–कति ! यसरी हेर्दा सगरमाथा चढ्नु कति गौरवशाली कार्य हो ? सगरमाथा चढ्दा कति ख्याति र इज्जत कमाइन्छ ? कति नाम र दाम कमाइन्छ ? अनि कति मान–सम्मान पाइन्छ ? भन्ने त तपाईं–हामीलाई भन्दा पनि सगरमाथा चढेर सफलता पाउनेहरूले नै जान्ने कुरो भयो ।
त्यसो त नेपाली भनाइ ‘गपैm त हो सम्धिनीज्यू’ भनेजस्तो पनि होला । तर, यो पंक्तिकार पनि सन् १९९५ को सगरमाथा आरोहण दलमा बिनाअक्सिजन १० औं पटक सगरमाथा चढेका स्वर्गीय आङरिता शेर्पाको दलमा लोकल किचन (एक्स्ट्रा पैसाबिना तलब मात्रै) को रूपमा काम गर्न अर्थात् आधार शिविरमा भाँडा माझ्न ! गएको थियो । अन्त्यमा सबैभन्दा पहिले आर्टिफिसियल अक्सिजनबिना नै १० औं पटकसम्म सगरमाथा अर्थात् चोमोलुङमा चढेर कीर्तिमान राखेका पहिलो आरोही स्वर्गीय आङरिता शेर्पा अर्थात् ‘हिउँ चितुवा’ प्रति मेरो हार्दिक श्रद्घा–सुमन छ । —निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्