बैंकको शाखा खोल्न स्थानीयको माग «

बैंकको शाखा खोल्न स्थानीयको माग

पाँचथर-सबै पालिकाको केन्द्रमा बैंक पु-याउने सरकारी नीति भए पनि पाँचथरको फाल्गुनन्द गााउपालिकाको केन्द्र घुर्बिसे पञ्चमीमा कुनै बैंकको शाखा नपुग्दा सेवाग्राही मर्कामा परेका छन् । पाँचथरको दक्षिणी क्षेत्रको ठूलो बजार मध्येको घुर्बिस पञ्चमी बजारमा कुनै बैंकको शाखा नपुग्दा गाउँपालिकका सेवाग्रीहरु समेत मर्कामा परेका हुन् ।
बैंकको शाखा नहुँदा पाँचथर सदरमुकाम फिदिम र इलाम सदरमुकाम इलाम बजारसम्म पुग्नु परेको गुनासो स्थानीयहरुको छ । केही बैंकको शाखा फाल्गुनन्द गाउँपालिको राँके बजारमा भए पनि सबैलाई उपयुक्त नभएको स्थानीय सञ्चारकर्मी युद्धबहादुर बोहोराले बताए । घुर्बिसे पञ्चमी बजार पाँचथर र इलामको सिमानामा पर्ने बजार हो । उक्त बजार पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको फाक्फोकथुम गाउँपालिकाको आर्थिक केन्द्र हो ।
जिल्ला सदरमुकाम फिदिममा करिब २० वटाको हाराहारीमा बैंकका शाखा रहेका छन् । अरु पालिकाको केन्द्र रहेको स्थानमा विभिन्न बैंकहरुको शाखा पुग्दा घुर्विसे पञ्चमी बजारमा कुनै बैंकको शाखा नआउँदा स्थानीयमा बैंकको शाखा खुल्नु पर्ने माग रहेको छ ।
हरेक बजार क्षेत्रमा प्रतिस्पर्धात्मक ढंगले बैंक शाखा विस्तार हुने होडबाजी भएपनि घुर्विसे पञ्चमी बजारमा शाखा नहुँदा स्थानीयमा बैकमा माग भएको स्थानीहरु बताउँछन् ।
बैंक खाता खोल्न, बचत तथा ऋण कारोबार गर्न फिदिम, इलाम र झापा जस्ता ठाँउहरुमा केही दिनको समय मिलाएर जानु पर्ने वाध्यता रहेको स्थानीय एलिसा कम्प्युटर सप्लायर्सका सञ्चालक सन्तोस नेम्वाङको गुनासो छ ।
राँके–रवि–भेडेटार सडकअन्तर्गत राँकेदेखि करीब नौ किलोमिटर नजिकमा रहेको यस बजारको आसपासमा बैंक सेवा नहुँदा स्थानीयले बैंकिङ कारोेबार गर्न असुविधा महसुस गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्