अबको माग ‘वेयरेबल डिभाइस’

सूचना प्रविधिले मानिसहरूको रूची र सोचाइलाई परिवर्तन गर्न थालेको छ । घर स्मार्ट भए–नभए केही फरक पर्दैन, तर घरमा प्रयोग हुने वस्तु स्मार्ट भए काइदा हुने सोच जो कसैको हुन सक्छ । अझ भन्नुपर्दा विकासशील देशका मानिसहरूमा यो सहजै देखिन सक्छ । नेपालमै पनि स्मार्ट ट्रयाक्टर नभएका किसानले हल गोरू लिएर खेत जोत्दा स्मार्टफोन कानमा झुन्डाएको हेर्न पाउनु अब नौलो भएन । स्मार्टफोनको प्रयोगबाट ती किसानको ज्ञानमा विस्तार ल्याउन सक्ने परिवर्तन भनेको अझ स्मार्ट वस्तुको बारेमा जानकारी लिन लगाउनु हो ।
सन् २०१७ मा १.४७८ अर्ब स्मार्टफोन बिक्री गरियो । यी स्मार्टफोनको औसत मूल्य ३२३ अमेरिकी डलर रह्यो । टयाब्लेटको बिक्री कम रह्यो । गत वर्षको तुलनामा यसको बिक्री १८ प्रतिशतले झर्यो । तर स्मार्ट होमका लागि चाहिने वस्तुहरूको बिक्रीले तीन अंकको वृद्धि गर्यो । आइएफए बर्लिन र जीएफकेको नयाँ प्रविधि प्रतिवेदनका निष्कर्षहरूमा यी केही मात्र हुन् । यो अनुसन्धान प्रतष्ठिान युरोपको एक प्रमुख प्रतिष्ठान हो । प्रतिवेदनका निष्कर्षहरूले सन् २०१८मा उपभोक्ताको रूझान प्रविधि क्षेत्रमा कस्तो रहने संकेत गरेका छन् ।
यी निष्कर्षमध्ये सर्वाधिक चाखलाग्दो मोबाइलको बिक्री कस्तो रह्यो भन्ने हो । मोबाइलको खुद्रा बिक्रीमात्रै ४ खर्ब ८४ अर्ब अमेरिकी डलर बराबरको रह्यो । भर्चुअल रियालिटी प्रविधिमा आधारित खेलौनाहरू, स्मार्टस्पिकर र क्रृत्रिम बौद्धिकता (आर्टिफिसल इन्टेलिजेन्ट–एआई)मा आधारित प्रविधिले मोबाइल बजारलाई डो¥याएको देखियो । एआई प्रविधि अझ मोबाइल बजारलाई डो¥याउन सक्ने एक्लो ताकत बन्न सक्ने देखिएको छ । यो धरतीमा परिवर्तनको एक्लो महान वाहकको रूपमा देखा परेको छ ।
आइएफए बर्लिनका कार्यकारी निर्देशक जेन्स हेइथेकरले भने, “सबै उत्पादकहरूको आगमन र उद्योगका क्रियाकलापको बीचमा ठूला प्रवृत्तिहरू ओझेलमा पर्न सक्ने दृश्य सजिलै देखिनेछ । यी मध्ये सर्वाधिक महत्वपूर्ण विषय भनेको वास्तविक उपभोक्ताको व्यवहार सहजै ओझेलमा पर्नेछ ।” नयाँ उपकरणहरूको (डिभाइस) सर्वाधिक विशाल बिक्री निःसन्देह एसिया र केन्द्रीय तथा पूर्वी युरोपबाट आइरहेका छन् । यसैबीच उत्तर अमेरिका र युरोप जस्ता स्थापित बजारहरू महँगा उपकरहरूका ठूला खरिदकर्ता हुन् ।
नयाँ वर्षमा नयाँ डिभाइस निःसन्देह आइरहेका छन् । सार्वजनिक प्रतिवेदनका अनुसार गतवर्ष युरोपमा पहिरिने वा लगाउने प्रविधिमा आधारित वेयरेबल डिभाइसहरूको बिक्री २३ प्रतिशतले बढ्यो । यसैबीच कानमा लगाउन सकिने स्मार्ट डिभाइसहरूको बिक्री त झन तीव्र भइरहेको पाइएको छ । जसमा एप्पलको एयरपोड र गुगलको पिक्सेल बड मुख्य रहेका छन् । प्रतिवेदनमा गरिएको अध्ययनअनुसार सन् २०१८ यस्ता उपकरणको वर्ष हुन सक्ने संकेत दिएको छ । हेइथेकरले भने, “सन् २०१८ वेयरेबल डिभाइसको वर्ष हुन सक्नेछ । यसका लागि सही मूल्य सन्तुलन, विशेषता र उपयोगताको सही तालमेल हुनुपर्छ ।”
कानमा लगाउने स्मार्ट डिभाइस स्मार्ट असिस्टेन्टमा आधारित हुन्छन् । सिरी र गुगल असिस्टेन्टजस्ता असिस्टेन्टबाट निर्माण गरिएका यस्ता वियरेबल डिभाइस कानमा लगाइन्छ । यसमा जडान गरिएका एआईले उपभोक्तालाई उनीहरूको दैनिक कार्यमा सघाइरहेको हुन्छ । यसले उपभोक्तालाई उनीहरूको दैनिक जीवनमा चाहिने सूचना तत्काल उपब्लध गराउँछ, यसले उपभोक्तालाई अन्य स्मार्ट डिभाइसमाथि नियन्त्रण गर्न सहयोग गर्छ । साथै वास्तविक समयमा भाषाको अनुवादको सहयोग पनि उपलब्ध गराउँछ । यी विभिन्न कारणहरू मध्येका कारणहरू हुन् ।
सन् २०१७ मा चाखलाग्दो विषय भनेको चिनियाँहरूले सर्वाधिक ठूला टिभि खरिद गर्ने गरेको रूचि थाहा पाइयो । आइएफएको प्रतिवेदनमा यस्तो जनाइएको छ । सन् २०२० सम्म चीनमा औसत ५४.१ इन्चका फ्ल्याटस्क्रिन भएको टेलिभिजन बिक्री हुनेछ । जबकि अमेरिकी खरिदकर्ताहरूमा ५२ इन्चको टेलिभिजन लोकप्रिय रहेको पाइयो । टेलिभिजन निर्माता कम्पनीहरूले अब ठूला टेलिभिजन मात्रै बनाउन थालेका होइनन् । उनीहरूले अझ बढी स्मार्टर टेलिभिजन बनाउन थालेका छन् । आइएफएको प्रतिवेदनमा उल्लेख गरिएअनुसार हालसम्म बिक्री गरिएका टेलिभिजनहरू मध्ये ६८ प्रतिशत स्मार्ट टेलिभिजन रहेका छन् । ती टेलिभिजनमा प्रयोग गरिएका प्रविधिले ती टेलिभिजनहरू नयाँ सिनेमा जस्तो हुन पुगेको छ ।
घरमा भइरहेका सबैथोक स्मार्ट भयो भने घर कस्तो हो फरक पर्दैन । यस्तो सोचले घरमा प्रयोग गरिने वस्तुहरू पनि स्मार्ट बन्न थालेको छ । यो प्रवृत्तिले स्मार्ट वस्तुहरूको बिक्री बढाइरहेको छ । प्रतिवेदनमा भनिएको छ, स्मार्ट होमका लागि चाहिने स्मार्ट र इन्टरनेट वस्तुहरूको बिक्रीको बृद्धि दर ३ अंकले बढिरहेको छ । उपभोक्ताहरूमा स्मार्ट होमसँग सम्पर्क भनेको उद्योग दृष्टिकोण हो भन्ने बुझाइ बास बस्न थालेको छ ।”
प्रविधिसम्बन्धी यस्तो बुझाइको प्रवृत्ति बनाउने देशहरूमा यस्ता उपभोक्ताहरूले सहयोग गरिरहेका छन् । प्रतिवेदनका अनुसार कोरिया, चीन र जापानलगायतका देशमा मात्रै होइन, इरानमा पनि स्मार्ट रेफ्रिजेटर र स्मार्ट वासिङ मेसिनको लोकप्रियता चरमतर्फ लम्किरहेको छ । प्रतिवेदनले सार्वजनिक तथ्यका आधारमा चीनमा ७५ प्रतिशत उपभोक्ताले स्मार्ट होम टेक्नोलोजीले उनीहरूको जीवनलाई प्रभाव परिरहेको विश्वास गर्छन् । जबकि अमेरिकामा यो बुझाइ चीनको भन्दा कम रहेको छ । ५१ प्रतिशत अमेरिकीले मात्र यस्तो बुझाइमा विश्वास गर्छन् । ५ वा ६ वर्ष अघि स्मार्टफोनको अवस्था संक्रमण बिन्दुमा रहेको थियो, जहाँबाट प्रविधिले उडान भर्न सक्ने विश्वास आइएफएको रहेको हेइथेकरको भनाइ छ ।
यी प्रविधिहरूका अतिरिक्त भर्चुअल रियालिटी र अगमेन्टेन्ड रियालिटीमा आधारित उत्पादनहरूले बजारमा उपभोक्ताको खोजी गरिरहेका छन् । प्रतिवेदनले भर्चुअल रियालिटी र अगमेन्टेन्ड रियालिटीमा आधारित वस्तु तथा सेवाको बजार कस्तो हुने यसबारे अध्ययन भइरहेको प्रतिवेदनले जनाएको छ । भर्चुअल रियालिटी र अगमेन्टेड रियालिटीको आधारमा बनेका वस्तुको बजार स्मार्टफोन मोबाइलको जस्तो विस्तृत अझ भइनसकेकाले यसबाट उत्पादित वस्तुको खरिद गर्न उपभोक्ता उत्साही हुनेछन् । यस प्रविधिमा हत्यारा प्रविधि “किलर कन्टेन्ट” र यसको कार्यान्वयन गर्ने प्रविधि पनि समावेश हुनेछन् । त्यसले यो प्रविधिको व्यापकतालाई सफल बनाउने प्रतिवेदनको विश्वास छ । यस सन्दर्भमा फेसबुकले ल्याउन लागेको अकुलस गो एक हुन सक्छ । यसको मूल्य २०० अमेरिकी डलर छ ।
(एजेन्सीको सहयोगमा)