मेरो माइक्रो फाइनान्सको छैटौं वार्षिक साधारणसभा सम्पन्न «

मेरो माइक्रो फाइनान्सको छैटौं वार्षिक साधारणसभा सम्पन्न

मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारणसभा शुक्रबार नुवाकोटमा सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष सञ्जीव मानन्धरले प्रतिवेदन प्रस्तुत गर्नु हुँदै हालसम्म ९ करोड ४५ लाख खुद नाफा गर्नुको साथै ७८ करोड ३७ लाख रुपैयाँ निक्षेप रहेको जानकारी दिए । उनले ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरूका हितलाई ध्यानमा राखी ग्रामीण क्षेत्रमा अवस्थित विपन्नवर्गको आर्थिक सामाजिक उत्थानमा संस्था लागिरहेको समेत बताए । त्यस्तै प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले हाल संस्थाले देशका ४८ जिल्लाका विभिन्न ग्रामीण तथा अर्ध–सहरी, सहरी विपन्न समुदायमा ८६ वटा शाखा कार्यलय मार्फत ८० हजार बढी विपन्न घरपरिवारहरूलाई वित्तीय साक्षरता सहितको लघुवित्तीय सेवा प्रदान गर्दै आएको बताए । संस्थामा आबद्धहरूको ५३ हजारभन्दा बढी घरपरिवारहरूलाई ३ अर्ब ६५ करोड कर्जा प्रवाह गरी स्वरोजगार र लघु–व्यवसाय प्रवद्र्धन गर्ने अवसर प्रदान गरिएको र स्थानिय अर्थतन्त्रको विकासका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्न जोड दिनेसमेत बताए । कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरू, कर्मचारी तथा शेयरधनिहरूको उपस्थिति थियो ।
संस्थाले विभिन्न जिल्ला तथा आर्थिक रूपले पछि परेका ग्रामीण समुदायमा कार्यक्रम विस्तारको योजनासहित लघुवित्त कार्यक्रमले छरिएर रहेका पेवापात, कन्तुरे रकमको वचत, बिनाधितो र सीमित धितोकर्जा, ग्रामीण परिवेशमा रेमिटेन्स सेवा, लघुबिमा सञ्चालन गरिरहेको छ । संस्थाले नुवाकोटमा कर्पोरेट कार्यालय स्थापना गरी देशका विभिन्न जिल्लाहरूमा कार्य गर्दै आएको छ ।
कार्यक्रममा फाइनाइन्सको वर्तमान अवस्था भावी कार्यक्रम, कार्यगत अवस्था लगायतको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्