ड्रागनको व्यावसायिक खेती गर्दै राई «

ड्रागनको व्यावसायिक खेती गर्दै राई

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहाकी अरुणादेवी राईले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेकी छिन् । नेपाल कम्युनिष्ट पार्टीको १ नम्बर प्रदेश कमिटिकी सदस्यसमेत रहेकी राईले गाउँमै पहिलो पटक ड्रागन फ्रुटको खेती सुरु गरेकी हुन् । राईले चार वर्ष पहिले काठमाडौबाट प्रति गोटा ३ सय रुपैयाँका दरले ड्रागनको विरुवा किनेर ल्याएकी थिइन् । अब ती विरुवाले उत्पादन र आम्दानी दिन थालेको उनले बताइन् ।
“करिव एक विघा जमिनमा ड्रागनसहित एभोकाडो, अंगुर, लिची, अम्बालगायतका फलपूmल लगाएकी छु” उनले भनिन्, “गत वर्षदेखि नै फल्न सुरु गरेको छ ।” ड्रागन फल, विरुवा र अन्य फलफूल बिक्री गरेर यो वर्ष करिव ३ लाख रुपैयाँ आम्दानी भएको उनले बताइन् । आफंैले ड्रागनको नर्सरी तयार गरेर राईले प्रतिगोटा २ सय ५० रुपैयाँको दरले विरुवा समेत बिक्री गर्दै आएकी छिन् ।
ड्रागनलाई एक पटक लगाएपछि १५ वर्षसम्म लगातार फल दिने उनको भनाइ छ । ड्रागनको बजार माग अत्याधिक रहेको भएपनि माग अनुसार उत्पादन गर्न नसकेको उनी बताउँछिन् । “यसलाई अझै धेरै विस्तार गर्न आवश्यक छ” राई भन्छिन्,“मैले उत्पादन गरेको रातो बोक्रा भएको ड्रागन फ्रुट घरमै प्रतिकेजी ७ सय रुपैयाँले बिक्री भइरहेको छ ।”
ड्रागन फ्रुट विज्ञ तथा नेपालमा यसको खेती गर्न सुरुवात गर्ने पहिलो व्यक्ति डा जगन्नाथ राई हुन् । उनी सरकारी स्तरबाटै अभियानको रुपमा ड्रागन खेतीलाई विस्तार गरिए रोजगारीका लागि विदेश पलायन भइरहेका युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन सकिने बताउँछन् ।
“समुद्र सतहदेखि ५ हजार ५ सय फिटको उचाई र जस्तोसुकै हावापानी र माटोमा यसको खेती गर्न सकिन्छ” राई भन्छन्, “सहजै खेती सकिने भएकाले मुलुकको बेरोजगारी समस्या समाधान गर्दै गरिवी निवारण गर्न यो महत्वपूर्ण हुन्छ ।” ड्रागनको खेती बाँझो जमिनमा गर्न सकिने र सिँचाइको समेत त्यति धेरै आवश्यकता नपर्ने उनको भनाइ छ । ड्रागनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा अत्याधिक माग रहेको राई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्