Logo

कोरोनाका कारण २०२१ सम्म १५ करोड मानिस चरम गरिब

वासिङटन-कोरोनाको संकटका कारण विश्वभरी बेरोजगारी बढीरहेको छ । आर्थिक गतिविधि ठप्प हुनाले अर्थव्यवस्थामा चोट पुगेको छ । यसैबीच अब विश्व बैंकले बुधबार एक चेतावनी जारी गरेको छ । विश्व बैंकका अनुसार कोरोनाका कारण विकासशील देशका साथै विकिसित देशको अर्थव्यवस्था पनि धरमराएको छ ।
विश्व बैंकका अनुसार यो महामारीका कारण आर्थिक संकट थप गहिरिने छ । विश्व बैंकले बुधबार चेतवानी जारी गर्दै २०२१ सम्म कोरोना संकटमा कम्तीमा पनि १५ करोड मानिस अत्याधिक गरिबको श्रेणीमा पुग्नेछन्, अर्थात रोजी–रोटीको संकट आउन सक्छ । विश्व बैंकले महामारीलाई मध्येनजर गर्दै २०२१ सम्म ८ करोड ८० लाख देखि १५ करोड मानिसले अत्यन्त गरिबीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
खतराको संकेत
आर्थिक गतिविधि सुस्त भएको छ । जसले गर्दा वृद्धि दर ऋणात्मकमा गएको छ । विश्व बैंकका अनुसार २०२१ सम्म ८.८ करोडदेखि ११.५ करोड मानिस अतिरिक्त गरिबीमा धकेलिन सक्छन् । जसलाई मिलाएर २०२१ सम्म विश्वभरीमा १५ करोड मानिस अधिक गरिबीमा जान सक्ने देखिएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मलपासका अनुसार कोरोना संकटपछि देशको अर्थव्यवस्थामा व्यापक काम गर्न आवश्यक छ । त्यसपछि मात्रै स्थितिमा सुधार आउन सक्छ ।
यो भन्दा पहिले बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनका अनुसार कोरोना महामारीले विगत कयौ दसकको अवधिमा स्वास्थ्य क्षेत्रमा भएको प्रगति फर्किएर लगभग ३.७ करोड मानिस अत्यधिक गरिबीमा धकेलिएका छन् । फाउन्डेशनको एक रिपोर्ट अनुसार यो महामारीको वास्तविक प्रसार चाहे जति रहेको छ, यसबाट आर्थिक रुपमा भारतमा आर्थिक रुपमा हलचल मच्चिएको छ ।
यद्यपि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले भारतको प्रशंसा गर्दै कोरोना संकटको अवधिमा भारतले २० करोड महिलालाई नगद हस्तान्तरण गरेको र यसबाट न केवल भोक तथा गरिबीमा महामारीको असरलाई कम गर्न सहयोग मिल्ने मात्रै होइन महिला सशक्तिकरणमा बढावा मिलेको छ । यसका अतिरिक्त भारतमा वित्तीय प्रणालीलाई सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्