भाकपा (माक्र्सवादी) का महासचिव यचुरी चन्द्रागिरिमा «

भाकपा (माक्र्सवादी) का महासचिव यचुरी चन्द्रागिरिमा

 भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीले चन्द्रागिरि केबलकारको शुक्रबार अनौपचारिक भ्रमण गरे । भ्रमणमा आएका महासचिवलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । भ्रमणका क्रममा यचुरीले चन्द्रागिरिको स्वच्छ वातावरणबाट आफू अत्यान्त प्रभावित भएको जनाउँदै चन्द्रागिरिबाट सुन्दर हिमालहरूको दृश्यावलोकन गर्न पाउँदा आफूलाई अत्यन्तै खुसीलागेको बताए । साथै प्यागोडा शैलीमा पुनर्निर्माण गरिएको भालेश्वर महादेवको मन्दिर यहाँको अर्को उत्कृष्ट विशेषताभएको जानकारी दिँदै चन्द्रागिरि हिल्स व्यवस्थापनलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे

 

प्रतिक्रिया दिनुहोस्