Logo

ग्रामीण पर्यटनको प्रबद्र्धन नगरी आर्थिक समृृद्धि असम्भव

३० जना युवालाई होमस्टे तालिम
पोखरा-
नेपालको ग्रामीण पर्यटनको प्रबद्र्धन बिना देशको आर्थिक विकास र समृद्धि असम्भव भएको बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। पोखरा १८ को सराङकोट सामुदायिक होमस्टेको आयोजनामा सराङकोटमा आयोजना भएको चार दिने होमस्टे (घरवास) पर्यटन विकास सम्बन्धि आधारभूत तालिम कार्यक्रमको समापन समारोहमा वोल्ने वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन् ।
वक्ताहरूले नेपालको ग्रामिण पर्यटनको सम्भावना भएर हाल होमस्टेहरू सञ्चालनमा आएकाले अब होमस्टेलाई व्यबस्थित र मर्यादितसंगै व्यवसायीक रुपमा अघि बढाउनु पर्नेमा जोड दिएका थिए । पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिको समन्वयमा संचालन भएको उक्त कार्यक्रममा ७ जना पुरुष २३ जना महिलासहित ३० जना युवाहरू उक्त तालिममा सहभागि भएको सराङकोट सामुदायिक होमस्टेका अध्यक्ष बलराम तिमिल्सिनाले बताए । सराङकोटमा हालसम्म १५ वटा सामुदायिक होमस्टे रहेको उपाध्यक्ष कृष्ण तिमिल्सिनाले बताए ।
यसैबीच, उक्त तालिममा सहभागिलाई प्रमाण पत्र वितरण गर्दै गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन) ले पर्यटनलाई अब कृषिसंग जोडेर स्थानीय उत्पादनमा जोड दिनुको विकल्प नभएको दाबी गरे । उनले भने, “अब हामीले कृषि र पर्यटनलाई अलग बनायर हामीले समृद्धि हासिल गर्न सकिँदैन, केही ठूला होटलले होमस्टे सञ्चालन हँुदा होटललाई असर पर्छ भन्नु विल्कुल गलत मानसिकता हो, होमस्टेले होटलको समेत प्रबद्र्धन हुन्छ ।” विगतको राज्यले सिप विहिन बनाएको आरोप लगाउदै सांसद बरालले अब सिप, परिश्रम, मेहनत आत्मनिर्भरतर्फ युवा केन्द्रित हुनु पर्नेमा जोड दिए ।
पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले पर्यटन पूर्वाधार निर्माणमा आफूहरूले सहयोग गर्ने जनाए । पर्यटन व्यवसायी पुष्कलबहादुर थापा, जनक पराजुली, राजु तिमिल्सिनालगायतले होमस्टे प्रबद्र्धन गर्न स्थानियसँगै सरकारले समेत थप लगानी गर्नुपर्नेमा जोड दिए । तालिमका प्रशिक्षक शम्भु कार्की, लक्ष्मण भण्डारी सहितको टोलीले तालिममा सहभागीलाई एउटा वस्तुबाट धेरै खानाका परिकार बनाएर प्रदर्शन गराएका थिए । तालिममा सहभागि सविता तिमिल्सिना, सुदिप अधिकारीले तालिममा सिकेको सीप अब लागू गर्ने जनाउँदै आफूहरूलाई कुक र अस्पिटालिटीसम्बन्धी थप तालिम आवश्यक भएको माग गरे ।

प्रतिक्रिया दिनुहोस्