विश्व लगानीकर्ता सप्ताह २०२० को अवसरमा विभिन्न कार्यक्रम आयोजना गरियो «

विश्व लगानीकर्ता सप्ताह २०२० को अवसरमा विभिन्न कार्यक्रम आयोजना गरियो

नेपाल धितोपत्र बोर्ड सन् २०१६ जुलाईमा धितोपत्र बजार नियमन निकायहरूको अन्तर्राष्ट्रिय संस्था (आईओइससीओ) को एसोसिएट सदस्य भएपश्चात् उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा बोर्डको सहभागिता रहँदै आएको छ । यस सन्दर्भमा सन् २०१७ देखि उक्त संस्थाले सुरुवात गरेको विश्व लगानीकर्ता सप्ताह सञ्चालनमा बोर्ड सहभागी भई लगानीकर्ताको ज्ञान अभिवृद्धिका तथा सवलीकरण लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ ।

यसवर्ष समेत उक्त संस्थाबाट असोज १९ देखि २५ को अवधिमा विश्व लगानीकर्ता सप्ताह मनाउन आह्वान गरिएकाले बोर्डले उक्त सप्ताहअन्तर्गत बिभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ ।
उक्त सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरू सर्वसाधारणमा प्रवाहको माध्यमबाट बजारसम्बन्धी सुरक्षा तथा लगानीकर्ता सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने रहेको छ ।

बोर्डले विगत देखिनै नियमित रुपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमहरू संचालन गर्दैै आएको छ । धितोपत्र बजारसमेत क्रमशः देशव्यापी हुँदै गएको र लगानीकर्ताहरूको संख्यामा समेत अभिवृद्धि हुँदै गएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरूलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको बारेमा आधारभूत शिक्षा प्रदान गरिने छ । उनीहरूलाई लगानीका सम्बन्धमा सुसूचित निर्णय लिन सक्षम तुल्याउने, धितोपत्र बजारको बारेमा जानकारी दिई सर्वसाधारणलाई बजार प्रवेशमा थप प्रोत्साहन गर्ने, साथै वास्तविक क्षेत्र लगायतका संगठित संस्थाहरूलाई धितोपत्र बजारबाट पुँजी परिचालन गर्न अभिमुखिकरण तथा अभिप्रेरित गर्ने प्रमुख उद्देश्यका साथ बोर्डबाट यो कार्यक्रम विशेष रूपमा सञ्चालन गरिने भएको छ ।
हालको कोभिड(१९को असहज परिस्थितिलाई मध्यनजर गर्दै बोर्डबाट देहाय अनुरुप काकार्यक्रमहरू सुरक्षित तवरलेसञ्चालन गर्ने व्यवस्था गरिएको ।

प्रतिक्रिया दिनुहोस्