आगलागीबाट १५ लाख बराबरको धनमाल नष्ट «

आगलागीबाट १५ लाख बराबरको धनमाल नष्ट

संखुवासभा, चैनपुर नगरपालिका–६ स्थित क्याम्पस चोकमा रहेको इन्द्रबहादुर खड्काको घर आगलागी हुँदा लाखौंको धनमाल जलेर नस्ट भएको छ ।
आगलागीबाट लुगाफाटा, खाद्यान्न, काठपात, महत्वपूर्ण कागजात र केही बहुमूल्य बस्तुसमेत जल्दा १५ लाख बढीको क्षति पुगेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
खड्काका परिवार केही समय अघिदेखि इटहरीमा वस्तै आएको र घरमा खड्काका ससुरा ८२ वर्षे भैरवबहादुर बस्नेत र एक नातिनी बस्दै आएका थिए । बिहान ४ः४५ बजेको समयमा ढुंगामाटोको गारो, जस्ताको छानो भएको ३ तले घरमा दनदनी आगो लाग्दै गरेको छिमेकीहरूले थाहा पाएपछि घरमा सुतिरहेको मानिसहरूलाई स्थानीयले घरबाहिर निकालेका थिए ।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा क्षति न्यूनीकरण गर्ने प्रयास गरिएपनि आगलागीसँगै घरभित्र रहेको खानापकाउने ग्यासको सिलिण्डर पटक–पटक पड्कदा आगलागी नियन्त्रण गर्न कठिनाइ भएपछि । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटना स्थलआइपुगेका थिए । इन्द्रबहादुर खड्काका छोरा मदन खड्काले मानवीय क्षति हुनबाट जोगाउन सहयोग गर्ने स्थानीय छिमेकी, इष्टमित्र तथा सुरक्षा नियकायलाई धन्यवाद दिएका दिए । उनले घटना विद्युत् सर्टभएर हो वा अरु कसैले नियतवस घटाएको हो भन्ने बारेमा गहिरो अनुसन्धान गरी दिन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।
केही दिनअघि अम्बरबहादुर कार्कीको गाईवस्तु बाँधिराखेको मटानमा पनि आगलागी भएको थियो ।
घटनाको विस्तृत अध्ययन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्