सनराईज बैंक र आईएमई मोटर्सबीच सम्झौता «

सनराईज बैंक र आईएमई मोटर्सबीच सम्झौता

सनराईज बैंक र आईएमई समूहद्वारा सञ्चालित नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारिक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेडबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
यस सहमतिपत्र अनुरुप आईएमई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सनराईज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ । ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ । कर्जाको मासिक किस्ता ईएमआईको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।
सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्