जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट «

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ मंगलबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले गरेको बाँडफाँटमा २ लाख ७३ हजार जना आवेदकहरुले मात्र १० कित्ताका दरले सेयर हात पारेका छन् ।
यी आवेदकहरुले गोलाप्रथाद्वारा १० कित्ताका दरले सेयर पाएका हुन् । उक्त कम्पनीको आईपीओमा ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता सेयर खरीदको माग परेको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
यी मध्ये २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको छ । यो आईपीओ खरीदका लागि आवेदन दिने ५ लाख २१ हजार ५४६ जनाको हात खाली भएको छ ।
उक्त कम्पनीले असोज ११ देखि १४ गतेसम्म ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ बिक्री गरेको हो । कुल कित्तामध्ये सार्वजनिक निष्कासनमार्फत २७ लाख ३० हजार कित्ता सेयर बिक्री प्रबन्धकले बाँडफाँट गरेकोे हो । कुल कित्तामध्ये उक्त कम्पनीले १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्