बैंक अफ काठमाण्डूले १६% लाभांश दिने «

बैंक अफ काठमाण्डूले १६% लाभांश दिने

बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६-०७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनी महानुभावहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्