मोदीलाई ट्रम्पको झट्काः गणतन्त्र दिवसमा भारत नआउने «

मोदीलाई ट्रम्पको झट्काः गणतन्त्र दिवसमा भारत नआउने

नयाँ दिल्ली-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गणतन्त्र दिवसमा भारतको निमन्त्रण अस्वीकार गरेर भारतलाई झट्का दिएका छन् । २६ जनवरीको आसपासा आफ्नो व्यस्तताका कारण भारत आउन नपाउने ट्रम्पले बताएका छन् । स्टेट अफ युनियनको सम्बोधन प्रमुख कारण भएको बताइएको छ । यो सम्मेन २२ जनवरीदेखि फेब्रुअरीको पहिलो साता सम्म चल्ने बताइएको छ ।
भारतले रुसको हतियार खरिद गर्ने निर्णय गरेर दुई मुलुकबीच तनाव उत्पन्न भएकमो समयमा ट्रम्पको यस्तो निर्णय सार्वजनिक भएको हो ।
केही समय पहिले ह्वाइट हाउसको तर्फबाट ट्रम्प गणतन्त्र दिवको समयमा भारत जाने वा नजाने भन्ने एकिन भइनसकेको बयान सार्वजनिक भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१७ मा अमेरिका भ्रमण गरेको समयमा ट्रम्पलाई भारत भ्रमणको निम्तो दिएका थिए ।
ह्वाइट हाउसकि प्रवक्ता सारा स्यान्डर्सले ट्रम्पलाई भारत भ्रमणको निम्तो मिलेको तर यो विषयमा अन्तिम फैसला नगरिएको बताएकि थिइन् ।
२०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो व्यस्तताका बावजुद सयम निकालेर गणतनत्र दिवसको समयमा प्रमुख अतिथिको रुपमा भारत आएका थिए ।
भारतमा प्रत्येक वर्ष गणतन्त्र दिवसको समयमा विशेष अतिथिलाई डाक्ने परम्परा रहदै आएको छ । २०१५ मा बाराक ओबामा, २०१६ मा फ्रान्सेली राष्ट्रपति फ्रास्वा ओल्यान्ड, २०१७ मा अवुधावीका राजकुमार मोहम्मद विन जायदअल नाहयान तथा २०१८ मा आसियानका सबै १० नेता भारतीय गणतन्त्र दिवको समयमा प्रमुख अतिथिको रुपमा भारत भ्रमणमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्