एनसेलको चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना «

एनसेलको चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना

चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेडले दसैं, तिहार र छठ पर्वका अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।
दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विशेषताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना मंसिर १३ सम्म कायम रहने कम्पनीले जनाएको छ ।
यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरुमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकलाई उपहार दिइनेछ । दैनिक उपहारअन्तर्गत ग्राहकले २०० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनका लागि मान्य रहनेछ । उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्