गरिमाले सहारा विकास बैंकलाई एक्वायर गर्ने

गरिमा विकास बैंकले सहारा विकास बैंक एक्वायर गर्ने भएको छ । सर्लाहीको मलंगवामा रहेको सहारालाई प्राप्ति गर्ने सम्झौंतापत्रमा हस्ताक्षर भएको छ ।
अहिले गरिमाको अधिकृत पुँजी ५ अर्ब र जारी तथा चूक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ छ भने सहाराको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ छ ।
गरिमाको सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहाराले सर्लाहीमा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिएको छ । एक्वायर वैशाख १ गतेभित्र सक्ने सहमति भएको छ ।