Logo

इ–सेवा मनी ट्रान्स्फरको ‘दसैं तिहार भर, सयको अफर’ योजना

इ–सेवा मनी ट्रान्स्फरले चाडपर्व अफर ‘दसैं तिहार भर, सयको अफर’ योजना सार्वजनिक गरेको छ । योजनाअनुसार इ–सेवा मनि ट्रान्स्फरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय रुपैयाँबराबरको रिचार्ज जित्न सकिन्छ ।
इ–सेवा मनी ट्रान्स्फरका एजेन्टमार्फत रकम प्राप्त गर्दा सयबराबरको रिचार्ज पाइनेछ भने सीधै इ–सेवाको खातामा रकम प्राप्त गर्दा इ–सेवा खातामा सय रुपैयाँ बोनस प्राप्त गर्न सकिन्छ ।
यो योजना मंसिर ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेका हकमा मात्र लागु हुने कम्पनीले जनाएको छ । इ–सेवा मनी ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, अमेरिकाका साथै युरोपेली मलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्