दराजको दसैं धमाका, सेलमा अनलाइन सपिङसँगै लुडो प्रतियोगिता «

दराजको दसैं धमाका, सेलमा अनलाइन सपिङसँगै लुडो प्रतियोगिता

नेपालको अग्रणी अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठूलो दसैं सेल (दराज दसैं धमाका लिएर आएको छ । यो धमाकेदार अभियान यहि असोज १९ अर्थात् अक्टोबर ५ देखि सुरू हुने भएको कम्पनीले जनाएको छ ।
उक्त सेल योजनाअन्तर्गत उपभोक्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा मेगा डिल्स्, दराज मलमा पाहिने ब्रान्डेड उत्पादनहरूमा भारी छूु, आकर्षक भाउचरहरू, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४ भीएसडि, कार्ड प्रीपेमेन्टमा छुट, फ्ल्यास सेल्स, निस् शुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रूपी गेम, वील अफ फोच्र्युन र अन्य धेरै आकर्षणहरूको लाभ उठाउन सक्नेछन् ।
सेल अभियानको विशेष पार्टनरहरूको रूपमा टिभिएस, र कोका कोला रहेका छन् । त्यसैले उपभोक्ताहरूले यी अग्रणी ब्रान्डका उत्पादनहरूमा आकर्षक अफरहरूको पनि लाभ उठाउन सक्ने बताइएको छ ।
कार्ड मार्फत भुक्तानीमा अतिरिक्त छूट दराजले अग्रणी बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २०५ (अधिकतम २५०० रूपैयाँ) सम्मको छूटको पनि व्यवस्था गरेको छ । जसमा नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंकका कार्ड प्रयोगकर्ता ग्राहकहरूले छुट पाउनेछन् । यदी उपभोक्ताहरूसँग उक्त बैंकहरूको कार्ड छ, तर अन्लाईन पेमेन्ट सुचारू छैन भने बैंकमा सम्पर्क गरी सुचारू गर्न सकिनेछ ।

अनलाइन लूडो प्रतियोगिता
दराजले उपभोक्ताहरूको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ । यस प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरू बीच हुने छ । पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भाउचर जित्ने छ, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर जित्ने छ, र तेस्रो देखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरूले अमेरिकी २५ डलर जित्नेछन् ।

प्रतिक्रिया दिनुहोस्