पर्यटकको रोजाइमा ठूलीदह «

पर्यटकको रोजाइमा ठूलीदह

रुकुम पश्चिको मुसिकोट नगरपालिकामा रहेको ठूलीदह पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रूपमा विस्तार हुँदै गरेको ठूलीदह बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा परेको हो । मुसिकोट नगरपालिका–७ को ठूलीदह बाह्य तथा आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्यको रोजाइमा पर्दै गएको छ । ठूली दहको चारैतर्फको घनाजंगल र दहभित्रको समथर फाँट तथा मनमोहक तालतलैया नै पर्यटकको मुख्य रोजाइ भएको स्थानीयको भनाइ छ ।
त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटनका लागि सहज यात्रा गर्न भौतिक पूर्वधारसहितका कार्यक्रममा जोड दिनुपर्ने आन्तरिक पर्यटक स्थानीय शिव श्रेष्ठले बताए । मध्यपहाडी लोकमार्ग अन्तर्गत साँखगाउँको बैरीदहबाट आधा घण्टाको पैदल यात्रामा पुग्न सकिने ठूलीदहमा गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयको १५ लाख र स्थानीयको जनश्रमदान गरी १७ लाखमा पिकनिकस्थल निर्माण गरिएको थियो । मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले यहाँको ठूलीदहलाई खेलकुद आयोजना र जैविक विविधताका आधारमा विकास गर्ने गरी थप बजेटको व्यवस्था गरिने बताए ।
लामो समयदेखि ओझेलमा पर्दै आएको ठूलीदह पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकका लागि घुम्नलायक क्षेत्रको रूपमा विकसित हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्