हिरा व्यपारीले ६ सय कर्मचारीलाई उपहारमा दिए कार «

हिरा व्यपारीले ६ सय कर्मचारीलाई उपहारमा दिए कार

सुरत- हरेक वर्षझै यस वर्ष पनि हिरा कारोबारी तथा हरिकृष्णा एक्सपोर्टका अध्यक्ष सािवजी ढोलकियाले आफ्ना कर्मचारीलाई तिहारको उपलक्ष्यमा विशेष किसिमको उपहार दिएका छन् ।
हरिकृष्णा एक्सपोर्ट्का अध्यक्ष सावजी ढोलकियाले २०११ देखि लगातार आफ्नो कम्पनीका कर्मचारीलाई तिहारको उपलक्ष्यमा विशेष किसिमको उपहार दिँदै आएका छन् । बिहीबार पुनः एक पटक उनले आफ्ना कर्मचारीलाइए यस किसिमको उपहारबाट सम्मानित गरेका छन् । यसै उपलक्ष्यमा नरेन्द्र मोदीले भिडियो कन्फेरेन्समा ढोलकियाको कम्पनीका ५ हजार कर्मचारीलाई सम्बोधन गरेकमा छन् ।
उक्त सम्मेनको समयमा मोदीले ढोलकियाको यो उत्कृष्ट प्रयासको प्रशंशा समेत गरेका छन् ।गत महिना ढोलकियाले तीन कर्मचारीलाई मर्सिडिज बेन्ज कार उपहारमा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्