भारतमाथि व्यापारमा भेदभाव गरेको चिनियाँ आरोप «

भारतमाथि व्यापारमा भेदभाव गरेको चिनियाँ आरोप

बेइजिङ-चिनियाँ निकायहरुले भारतमाथि भेदभाव र प्रतिबन्धात्मक व्यापार नीति अंगिकार गरेको आरोप लगाएका छन् । चिनियाँ एप्समाथिको प्रतिबन्ध र प्रत्यक्ष वैदेशिक लगानीमाथिको नियन्त्रणतर्फ इंगित गर्दै चिनियाँ निकायले यस्तो आरोप लगाएका हुन् ।
विश्व व्यापार संगठननको पछिल्लो बैठकमा चिनियाँ अधिकारीहरुले यी नीतिहरुले पारदर्शीता, स्थायीत्व र भारतीय बजारमाथिको अनुमान लगाउने अवस्थालाई कम आकेको बताएका छन् ।
गुनासो अनुसार भारतले २३४ मोबाइल एप्समाथिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन्, जुन चिनियाँ इन्टरनेट कम्पनीहरुले विकास र संचालन गर्दै आएका छन् । प्रतिबन्धित एप्सहरुले धेरै सेवाहरु जस्तै कम्प्यूटर सम्बन्धित सेवाहरु, दुर संचारहरु, श्रव्य दृश्य सेवाहरु र वित्तीय सेवाहरु समेटेका छन् जुन जीएएसटीको मातहतको विशेष प्रतिबद्धतामा रहेका छन् ।
“चीनले आफ्ना मोबाइल एप्लिकेशन जस्तै टिकटक र विच्याटमाथि अमेरिका र भारतमा हालै लागेका पछिल्ला प्रतिबन्धप्रति चासो देखाएको छ,” जेनेभास्थित नाम नखुलाइएको अधिकारीले बताएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
यी नीतिहरु पूर्णरुपमा जीएटीएसको प्रतिबद्धता र नागरिकको गोपनियताको प्रजातान्त्रिक अधिकारको लाइनमै रहेका छन् । उनीहरुले चीनमा सर्वाधिक बढी प्रतिबन्धात्मक डिजिटल इकोनोमी फ्रेमवर्क रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्