ग्वादारमा चीनको नौसेना आधार नबन्ने «

ग्वादारमा चीनको नौसेना आधार नबन्ने

बेइजिङ-पाकिस्तानका एक वरिष्ठ सैन्य अधिकारीले भारत र अमेरिकामा चलिरहेको अड्कलवाजीको जवाफ दिएका छन् । पाकिस्तानी नौसेनाका अधिकारी एडमिरल जावेद इकबालले चीनले यस किसिमको कुनै पनि माग नगरेको बताएका छन् ।
दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानस्थित ग्वादार पाकिस्तानमा चीनको ६० अर्ब डलरको बेल्ट एन्ड रोड इनिशिएटिभ परियोजनामा सर्वाधिक महत्वपूर्ण मानिएको छ । ग्वादारलाई ट्रान्स–शिपमेन्ट हव तथा मेगापोर्टको रुपमा विकसित गरिने योजना भएको पनि उनले बताए । यसको साथासाथै उक्त स्थानलाई विशेष आर्थिक क्षेत्र बनाइने छ ।
ग्वादालाई इन्धन पाइप लाइन, सडक तथा रेल लिंकका लाग चीनको पश्चिमी क्षेत्रसँग जोडिने छ । गत वर्ष अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आगामी समयमा चीनको सैन्य अड्डा बन्न सक्ने आशंका व्यक्त गरेको थियो । चीनले यसलाई गलत अड्कलबाजी भएको बताएको थियो ।
बेइजिङमा शिआङसान फोरममा एडमिरल जावेद इकवालले भनेका थिए,“ग्वादार पोर्ट विशुद्ध रुपमा व्यापारिक र वाणिज्इको उपक्रम हो । यसको कुनैपनि सैन्य उद्देश्य छैन ।” चीनको कुनै सैन्य पहुँचको कुनै खास माग छ कि भनेर सोधिएको प्रश्नमा उनले छैन भनेका थिए ।
चीनले गत वर्ष विदेशमा पहिलो सैन्य अड्डा अफ्रिकी देश जिबुटीमा स्थापान गरेको थियो । त्याहाँ उसले रसद सुविधा केन्द्र बनाउने इच्छा व्यक्त गरेको थियो । भारतले यो विषयमा चिन्ता व्यक्त गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्