दाइको हत्या गरी फरार भाइ १५ वर्षपछि पक्राउ «

दाइको हत्या गरी फरार भाइ १५ वर्षपछि पक्राउ

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफ्नै दाजुको हत्या गरी फरार रहेका भाइ १५ वर्षपछि पक्राउ परेका छन् । ०६१ कात्तिक ६ गते घरायसी विवादमा दाइको हत्या गरी फरार रहेका २६ वर्षीय जीतबहादुर नेपाली पक्राउ परेका हुन् ।
३५ वर्षीय दाइ हेमबहादुर नेपालीको घरायसी विवादमा हत्या गरी फरार रहेका जीतबहादुरलाई सन्धिखर्क नगरपालिका ४ टुनीपोखरामा रहेको ससुराली घरबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्