गुगलले भारतमा व्यवसाय गर्न सहज «

गुगलले भारतमा व्यवसाय गर्न सहज

नयाँ दिल्ली-कोरोना संकटको अवधिमा ठूला कम्पनीका आर्थिक स्थिति नराम्रो भएको छ । यस किसिमको प्रतिकुल स्थितिमा साना र मझौला कारोबारीका लागि पनि व्यापार गर्न सजह छैन । तर, गुगल इन्डियाले अब साना व्यापारीको अनलाईन कारोबारप्रति सजग गराउनका लागि अभियाननै छ्ेड्ने निर्णय गरेको छ, ताकि संकटको यो अवधिमा उनीहरुले सहजै व्यापार गर्न सकुन् ।
‘मेक स्मल स्ट्रग’ नामबाट अभियान लन्च
गुगल इन्डियाले हालैमात्र साना–मझौला कारोबारीको सहयोग गर्नका लागि ‘मेक स्ट्रंग’ नामबाट देशव्यापी अभियान लन्च गरेको छ । यसको उद्देश्य उक्त कारोबारीलाई सहयोग गर्नु हो, जसले ग्राहकको विश्वास तथा सुरक्षाका लागि डिजिटल माध्यम अपनाएका छन् । अभियानका अनुसार साना र मध्यमको कारोबारीलाई गुगल सर्च र म्यापको खोजीको तरिकालाई सहज बनाउनु हो । यो अभियानलाई प्रविधि, अनलाईन डेलिभरी, पूmड डेलिभरी समेत विभिन्न किसिमका कम्पनी तथा मिडियाको सहयोगका साथ सुरु गरिएको हो ।
डिजिटलीकरण विद्यमान सयमको आवश्यकता
गुगल इन्डियाको ग्राहक सोलुसन निर्देशक शालिनी गिरीशका अनुसार डिजिटलिकरण विद्यमान समयको आवश्यकता हो । हामी कारोबारिलाई हरसम्भव सहयोग गर्न चाहन्छौ । ‘मेक स्मल स्ट्रंग’ अभियानको माध्यमबाट मानिस आसपासका कारोबारीको बारेमा गुगलमा रेटिङ दिन सक्छन् । ग्राहक उनीहरुको खरिदारीका साथ–साथै उनीहरुको समीक्षा तथा उनीहरुको कारोबारलाई प्रबद्र्धन पनि गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्