चीनमा एक सातामा दुई नयाँअर्बपति «

चीनमा एक सातामा दुई नयाँअर्बपति

वासिङ्टन-विश्वका सर्वाधिक धनी मानिसको संयुक्त सम्पत्तिमा १९ प्रतिशतले वृद्धि भई ६.९ ट्रिलियन डलर पुगेको छ । यो ठूलो हिस्सा चीनमा रहेको र यो मुलुकमा प्रत्येक सातामा २ नयाँ अर्बपति थपिने गरेका छन् ।
गत वर्ष विश्वभरी गरेर कुलमा १ सय ७९ नयाँ अर्बपति थपिएका छन् ।
चीनमा अर्बपतिको संख्यामा अघिल्लो ३ सय १८ बाट बढेर ३ सय ७३ पुगेको छ । उनीहरूको कुल सम्पत्ति १.१२ ट्रिलियन डलर पुगेको छ । यो ३९ प्रतिशतको वृद्धि भएको यूबीएसले सार्वजनिक गरेको आफ्नो २०१८ बिलिनियर इनसाइट रिपोर्टमा उल्लेख गरेको छ ।
यूबीएसले यो वर्षको सर्वाधिक धनाढ्य १० अर्बपतिको सूची पनि सार्वजनिक गरेको छ ।

१. जेफ बेजोस : १ सय १२ अर्ब डलर
५४ वर्षीय जेफ बेजोस अमेजनका संस्थापक हुन् । अमेजन विश्वकै ठूलो अनलाईन खुद्रा बिक्रेता कम्पनी हो । यो कम्पनी १९९४ मा स्थापना भएको थियो । गत वर्ष मात्रै उनी विश्वकै धनी मानिस हुन सफल भएका थिए ।

२. बिल गेट्स : ९० अर्ब डलर
माइक्रोसफ्टका संस्थापक १९८७ देखि फोब्र्सको रिच लिस्टमा पर्न सफल हुँदै आएका छन् । १९९५ देखि २०१७ सम्म चार वर्षलाई कटाउने हो भने उनी विश्वकै धनी रहँदै आएका थिए । उनी आफ्नो परोपकारी कामबाट पनि चिनिँदै आएका छन् । उनले आफ्नी पत्नी मेलिन्दा गेट्ससँग मिलेर परोपकारी काम गर्दै आएका छन् ।

३. वारेन बफेट : ८४ अर्ब डलर
अमेरिकी व्यावसायिक लगानीकर्ता बर्कशायर हाथवेका सिइओ हुन् । उनको गिको र डेरी क्विनमा एकल लगानी छ भने उनले कोकाकोला, क्राफ्ट हिन्ज र एप्पलमा पनि आंशिक लगानी गरेका छन् ।

४. बर्नार्ड आरनउल्ट : ७२ अर्ब डलर
विश्वकै ठूलो विलाशी समानको कम्पनी एलभीएमएचकमा प्रमुख ६९ वर्षिय बर्नार्ड यो वर्ष विश्वकै चौथो धनी बन्न सफल भएका छन् । उनी फेसनको संसारमा र फ्रान्सकै धनीको रूपमा दरिएका छन् ।

५. मार्क जुकरवर्ग : ७१ अर्ब डलर
३४ वर्षीय मार्क जुकरवर्गले आफु हार्भड युनिभर्सिटीमा रहँदाको समयमा साथीहरुसँग मिलेर फेसबुकको सुरुवात गरेका थिए । उनी अभैm पनि यो सामाजिक सञ्जालको सिइओका रूपमा रहँदै आएका छन् ।

६. अमान्सियो ओर्टेगा : ७० अर्ब डलर
८२ वर्षीय स्पेनिस विजनेस टाइकुन इन्डिटेक्स फेसन ग्रुपका संस्थापक हुन् । यसमा जारा पनि समावेश भएको छ ।

७. कार्लोस स्लिम हेलु, अमेरिका मोभिल : ६७ अर्ब डलर
७८ वर्षीय मेक्सिकन व्यापारी २०१० देखि २०१५ सम्मको अवधिमा विश्वकै धनी व्यक्तिका रूपमा दरिएका थिए ।

८–९. चाल्र्स र डेभिड कोच : ६० अर्ब डलर
यी दाजुभाई ८२ र ७८ वर्षका भएका छन् । उनीहरूले कोच इन्डस्ट्रिजनको नेतृत्व गर्दै आएका छन् । यो कम्पनी निजी रूपमा सञ्चालन भएको अमेरिकाकै दोस्रो ठूलो कम्पनी हो ।

१०. ल्यारी इलिसन : ५८.५ अर्ब डलर
सफ्टवेयर कम्पनी ओ-याकलका सह–संस्थापक ७३ वर्षीय अमेरिकी ल्यारी ५८.५ अर्ब डलरको सम्पत्तिसहित विश्वकै १० औं धनी बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्