फेसबुक, गुगल र ट्वीटरका सीईओको अक्टोबर २८ मा सुनुवाई हुने «

फेसबुक, गुगल र ट्वीटरका सीईओको अक्टोबर २८ मा सुनुवाई हुने

वासिङटन-फेसबुक, गुगल र ट्वीटरका सीईओहरु अक्टोबर २८ मा सिनेट कमर्श कमिटीमा अक्टोबर २८ मा सुनुवाईका लागि राजी भएका छन् ।
फेसबुकका सीईओ मार्क जुकरबर्ग, गुगल र अल्फाबेटका सीईओ सुन्दर पीचाई र ट्वीटरका सीईओ ज्याक डोर्सीले कम्यूनिकेशन डिकेन्सी एक्टको २३० खण्डका आधारमा सुनुवाईमा जानेछन् । यो नियमले प्रविधि कम्पनीहरुलाई उनीहरुको प्रयोगकर्ताको अनलाईन सेवाको विषय बस्तुप्रतिको उत्तरदायीत्वको नियमप्रति रक्षा गर्छ । यसले उनीहरुलाई भद्र रुपमा प्रस्तुत गर्छ । यो सुनुवाईमा गोपनियता र मिडिया डोमिनेसनको विषयलाई समेटिने छ ।
बिहीबार गरिएको सीईओहरुको आव्हानमा गोप्य रुपमा मतदान गरिएपछिको समयमा यो सम्झौता भएको हो ।
रिपब्लिनहरुले २३० खण्डलाई बारम्बार फेसबुक, गुगलको यू–ट्यूब र ट्वीटरको अनलाईन प्लेटफर्ममा सुधारका लागि आग्रग गर्दै आएका छन् ।
प्लेटफर्मले पुरातनवादी विचारधारा र समाचारलाई नदबाउन बारम्बार दोहो¥याउदै आएका छन् । तर यो प्लेटफर्मले प्रायजसो गल्ती गर्दै आएकाले थप आलोचना बढ्दै गइरहेको छ ।
मे महिनामा राष्ट्रपति ट्रम्पले सोशल मिडियाले सेन्शरशीप तोड्नका लागि गरेको आग्रहमा कार्यकारी आदेशमा हस्ताक्षर गर्न खण्ड २३० लाई चुनौती दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्