बजाजको नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस «

बजाजको नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।
नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा रहेकाले भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको कम्पनीले दावी गरेको छ । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ । यो १६०सीसी डीटीएस–आई इन्जिनद्वारा सञ्चालित छ । यसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५–स्पीड म्यानुअल ट्रान्समिसन पनि प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकसहति उपलब्ध हुने बताइएको छ ।
नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा सुरुवाती मूल्य ३,१९,९०० मा देशभर उपलब्ध भएको कम्पनीले छ ।

प्रतिक्रिया दिनुहोस्