सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपबीच सम्झौता «

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि पे नेपसँग सहमति गरेको छ । ग्राहकहरुलाई डिजिटल सेवा दिँदै आएको बैंकले थप सुविधा दिनका लागि पे नेपको मोरुसँग सम्झौता गरेको हो ।
सम्झौता अन्र्तगत ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाइल बैंकिङमार्फत आफ्नो खातामा रहेको रकम पे नेपको मोरुमा लोड गरी मोबाइल टपअप, एअर टिकट खरिदलगायत विभिन्न सेवा प्रदायकका महसुल भुक्तानी गर्न सक्नेछन् । यस्तै चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा उपयोगी हुने बैंकले विश्वास लिएको छ । बैंकले मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएममाफैत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्