कोरोनाको कहरले चलचित्र क्षेत्रमा असर «

कोरोनाको कहरले चलचित्र क्षेत्रमा असर

लकडाउने गर्दा राम्रोसँग चलिरहेका चलचित्रहरू पनि बन्द गर्नुपरेको थियो भने प्रदर्शनमा तयार रहेका चलचित्रहरू पनि प्रदर्शन हुन पाएनन् ।

कोरोनाको कहरले सिर्जित लकडाउनले सबभन्दा बढी चलचित्र क्षेत्रमा काम गर्ने मजदुर र प्राविधिकहरूलाई असर पारेको सरोकारवालाहरू बताउँछन् । त्यसो त कोरोनाको कहर र लकडाउनले चलचित्र क्षेत्रलाई मात्र नभई देशको समग्र अर्थतन्त्रलाई नै नकारात्मक असर पारेको देखिन्छ ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको कहरले नेपाल पनि आक्रान्त बन्यो । नेपालमा पनि कोरोना संक्रमितहरू देखिए । पछिल्लो समयमा त झन् देशमा कोरोना संक्रमितहरू बढ्दै गइरहेका छन् । कोरोनाको कहरले विश्वको अर्थतन्त्र नै उथलपुथल भयो । नेपालमा पनि यसले प्रभाव पा-यो । कोरोनालाई नियन्त्रण गर्नका लागि लकडाउन, निषेधाज्ञा गर्नुप-यो । यसले नेपालको अर्थतन्त्रमा नै प्रभाव पा-यो, नेपालको अर्थतन्त्र नै लक भयो भन्दा पनि फरक नपर्ला । यसले देशका धेरैजसो क्षेत्र लक भए । यसको असर चलचित्र क्षेत्रमा पनि प¥यो । चलचित्र उद्योग पनि लक नै भए । सिनेमा हलहरू बन्द भए । चलचित्र क्षेत्रका सबै गतिविधि ठप्प भए । देशमा चैत ११ गतेदेखि लकडाउन भएको भए पनि सिनेमा हलहरू भने चैत ५ गते नै बन्द भएका थिए । देशमा वर्षको एक सयवटाजति चलचित्र बन्ने गथ्र्यो भने चलचित्र क्षेत्रमा बर्सेनि अर्बौंको लगानी हुने गरेको छ । कोरोनाको कहरले लकडाउनले गर्दा चलचित्र क्षेत्रका सबै गतिविधि लक भएका कारणले चलचित्र क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सरोकार राख्नेहरूलाई यसले नकारात्मक असर पारेको छ । चलचित्र क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संग्लन सबै बेरोजगार भएका छन् भन्दा पनि फरक नपर्ला । चलचित्र क्षेत्रले ठूलै घाटा बेहोर्नुपरेको छ । लकडाउने गर्दा राम्रोसँग चलिरहेका चलचित्रहरू पनि बन्द गर्नुपरेको थियो भने प्रदर्शनमा तयार रहेका चलचित्रहरू पनि प्रदर्शन हुन पाएका छैनन् । त्यसो त अहिले लकडाउन खुकुलो भएको छ भने सिनेमा हलहरू पनि सञ्चालन गर्न पाउनुपर्छ भनेर सम्बन्धित सरोकारवालाहरूले भन्ने गरिरहेका छन् ।
सुरक्षाका उपायहरू अपनाएर सिनेमा हलहरू सञ्चालन गर्न दिनुप-यो भन्ने माग उठिरहेको छ । त्यसो त दिनरात एउटै बसमा सँगै बसेर यात्रा गर्नुपर्ने लामो दूरीका बसहरू सञ्चालन गर्न हुने, तर दुई घण्टा सँगै बस्ने हलहरू किन सञ्चालन गर्न नपाउने भनेर पनि भन्ने तकृ पनि गरिएको छ । भौतिक दूरी कायम गरेर, सुरक्षाका उपायहरू अपनाएर सिनेमा हलहरू किन सचालन गर्न नपाउने भन्ने पनि सरोकारवालाहरूको भनाइ छ । त्यसो त सुरक्षाका सबै उपाय अवलम्बन गरेर ४० प्रतिशतमात्र टिकट बिक्री गरेर सिनेमा हलहरू सञ्चालन गर्न दिए खासै फरक पर्दैन होला कि । तर, यसमा भने सरकारले केही सहुलियत भने दिनुपर्ने देखिन्छ । त्यसो त भौतिक दूरी कायम गरेर सुरक्षाका उपाय अपनाएर कर्पोरेट कम्पनीका सभाहरू गर्न दिनुपर्ने पनि कतिपय सरोकारवालाहरूको भनाइ रहेको छ ।
लकडाउनको समयमा चलचित्र संघका गतिविधिहरू नभएकाले सबैजसो चलचित्रकर्मीहरू फुर्सदमा नै थिए भन्दा पनि फरक नपर्ला । चलचित्रसम्बन्धी गतिविधिहरू नभएको भए पनि कतिपय चलचित्रकर्मीहरू भने चर्चामा रहे । लकडाउनको समयमा पनि कतिपय चलचित्रकर्मीहरूबीच थुप्रै चर्चा–परिचर्चा, आरोप–प्रत्यारोप, लान्छना–आलोचना, उजुरी हाल्ने, मुद्दा हाल्ने, गालीगलौज गर्नेसमेत भएका छन् । त्यसैगरी लकडाउनको समयमा नै केही नायिका र पत्रकारबीच विवादहरू भए, आरोप–प्रत्यारोप भए । कलाकार–कलाकारबीचमा पनि आरोप–प्रत्यारोपहरू भए, विवादहरू भए । त्यसो त चलचित्र क्षेत्रमा थुप्रै विकृति–विसंगति, नातावाद–कृपावाद तथा गुटबन्दीहरू रहेका छन् । लकडाउनकै समयमा चलचित्र क्षेत्रमा यौन दुव्र्यवहारका कुराहरू पनि बाहिरिए । एक जना नवनायिकाले विगतका चर्चित नायक, निर्माता, निर्देशकलाई यौन दुव्र्यवहारको आरोप लगाए, लकडाउनकै समयमा । त्यसो त चलचित्र क्षेत्रमा यौन दुव्र्यवहारको विषय अहिलेको मात्र होइन, विगतदेखि नै चर्चा हुँदै आइरहेको विषय हो । चलचित्र क्षेत्रमा यौन दुव्र्यवहारको घटना पनि हुदै आइरहेको भनाइ कतिपय सरेकारवालाहरूको छ । कतिपयको भनाइमा त यौन दुव्र्यवहार पचाउन नसक्नेहरूले चलचित्रमा प्रवेश नगरेकै जाती भनेर पनि भन्ने गरेका छन् । त्यसो त चलचित्र क्षेत्रमा हुने गरेका कतिपय गोप्य–गोप्य कुरालाई चलचित्रकर्मीहरूले नै बाहिर ल्याउने गरेका छन् ।
लकडाउनको समयमा सिनेमा हलहरू बन्द भए तापनि दर्शकहरूले विभिन्न टेलिभिजन च्यानलहरूमा भने टेलिचलचित्रहरू भने हेर्न पाइरहेका छन् । विभिन्न टेलिभिजन च्यानलहरूमा भने नयाँ कथाहारूमा नै टेलिचलचित्रहरू प्रसारण भइरहेका थिए । लकडाउनको समयमा पनि कतिपय टेलिचलचित्रमा नयाँ–नयाँ कथालाई अगाडि बढाइएको पनि देखिन्छ । कतिपय टेलिचलचित्रले त कोरोनासम्बन्धी अर्थात् कोरोनाका बारेमा जानकारी दिने सन्देशमूलक टेलिचलचित्रहरू पनि प्रसारण गर्ने गरेका छन् । त्यसो त लकडाउनले टेलिचलचित्रको क्षेत्रमा त्यति प्रभाव पारेको भने देखिएन भन्दा पनि फरक नपर्ला । लकडाउनले टेलिचलचित्रहरूमा त्यति असर नपारेको जस्तो देखिएको थियो । लकडाउनको समयमा पनि टेलिचलचित्रहरूले आफ्ना कथाहरू अगाडि नै बढाइरहेका छन् भन्दा पनि फरक नपर्ला । टेलिचलचित्रहरू छायांकन गर्नका लागि सीमित मात्र कलाकार, प्राविधिकहरू भए पनि पुग्ने र भौतिक दूरी कायम गरेर पनि काम गर्न सकिने ठूलो पर्दाका चलचित्रहरूमा जस्तै विभिन्न लोकेसनहरूमा गएर चलचित्रको छायांकन गनुपर्ने भएकाले पनि टेलिचलचित्रहरूलाई लकडाउनले त्यति असर नगरेको होला । लकडाउन हटेसँगै चलचित्रसम्बन्धी केहि गतिविधिहरू पनि अगाडि बढेको पनि देखिन्छ भने केही चलचित्रहरूको निर्माण गर्ने घोषणासमेत गरिसकेका छन् । तर, चलचित्रको छायांकन कहिलेदेखि हुने हो भन्नेमा भने अझै अन्योलता रहेका छन् । त्यसो त कोरोनाको कहरले सिर्जित लकडाउनले सबभन्दा बढी चलचित्र क्षेत्रमा काम गर्ने मजदुर र प्राविधिकहरूलाई असर पारेको सरोकारवालाहरूको भनाइ छ । कोरोनाको कहर र लकडाउनले चलचित्र क्षेत्रलाई मात्र नभई देशको समग्र अर्थतन्त्रलाई नै नकारात्मक असर पारेको बेलामा एउटा क्षेत्रको मात्रै किन चर्चा पनि भनिएला तर नेपालमा विस्तारै ब्यवसायिक तथा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रको रुपमा चलचित्र क्षेत्र पनि पर्दछ, सरकारको ध्यान नपुगेको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्