६ महिना पछि ड्राईभिङ प्रशिक्षण सुरु «

६ महिना पछि ड्राईभिङ प्रशिक्षण सुरु

पोखरा– कोरोना भाइरसको कारण लगातार ६ महिना ठप्प भएको ड्राइभिङ प्रशिक्षण पोखरामा पुनः सुरु भएको छ । ड्राइभिङ स्कुल संघ गण्डकीको बिषेश पहलमा जिल्ला प्रशासन कार्यालय कास्कीको सहमतिमा स्वास्थ्य मापदण्डलाई पालन गर्ने गरी गण्डकी प्रदेशमा ड्राइभिङ प्रशिक्षण सुरु गरिएको स्कुल संघ गण्डकीका अध्यक्ष उमेश केसीले बताए ।
उनले भने, “लामो समय ड्राइभिङ प्रशिक्षण बन्द हुँदा हाम्रा व्यवसायी र मजदुरहरु समेत प्रभावित भएका छन्, अब बजार बिस्तारै सहज हुँदै जाँदा बाध्यताले हामीले ड्राइभिङ प्रशिक्षणसुरु गरेका हौं ।” ड्राइभिङ स्कुल संघका निवर्तमान अध्यक्ष मोहन गुरुङले प्रशासनसँगको समन्वयमा आफूहरुले देशका धेरै ठाँउमा ड्राइभिङ प्रशिक्षण सुरु गरेको बताए ।
मनकामना मोटर डाईभिङ स्कुलका सञ्चालक समेत रहेका निवर्तमान अध्यक्ष गुरुङले राज्य पक्षबाट कुनै राहत प्याकेज उपलब्ध नभएकाले समयअनुसार आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी ड्राइभिङ प्रशिक्षण गराउन लागेको जनाए । ४ वटा गाडी ३÷३ वटा स्कुटर तथा मोटरसाइकलसहित ६ जना कर्मचारी रहेको स्कुलमा हाल ३ जना कर्मचारीलाई मात्र बोलाउन थालिएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्