ऊर्जामन्त्री सर्विया प्रस्थान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन युरो एसियन इनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्वियाको बेलग्रेट प्रस्थान गरेका छन् । सर्वियाली सरकारको निम्तोमा फोरममा भाग लिन ऊर्जामन्त्री पुन र मन्त्रालयका सहसचिव दिनेश घिमिरेसहितको टोली बिहीबार बेलग्रेट प्रस्थान गरेको हो । शुक्रबार र शनिबार हुने सम्मेलनमा ऊर्जासँग सम्बन्धित विषयमा मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम छ । युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्चअधिकारीको सहभागिता रहने सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावनाबारे जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा मन्त्री पुनले सर्वियन प्रथम उपप्रधानमन्त्री इभिका डाकिक र आफ्ना समकक्षी ऊर्जा र माइन हेर्ने सर्वियाका मन्त्री एलेकजेन्डर एन्टिकसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक रोशन खड्काले बताए ।