देश दर्शन कार्यक्रमको सान्दर्भिकता «

देश दर्शन कार्यक्रमको सान्दर्भिकता

नेपालले पनि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि देश दर्शन कार्यक्रमको थालनी गर्नु आफैँमा राम्रो र सुखद क्षणका रूपमा लिनुपर्छ ।

नेपाल सरकारले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि देश दर्शन कार्यक्रमको औपचारिक रूपमा घोषणा भएको छ । कोभिड–१९ का कारण नराम्रोसँग प्रभावित नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न यस प्रकारको कार्यक्रमको घोषणा गरिएको हो । विश्व पर्यटन वर्षको दिन पारेर नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन पुनरुत्थान गर्न कार्यदलसमेत गठन भएको बताउनुभएको छ ।
पर्यटन क्षेत्रको विस्तार गर्नका लागि निजी क्षेत्रको पहलमा कार्यदल गठन भएको हो भने यसको मुख्य उद्देश्य नै नेपाली पर्यटन क्षेत्रको विस्तार र प्रवद्र्धन गर्नु नै हो । सबैको सहकार्य र साथबाट नै नेपाली पर्यटन क्षेत्रको छिटो नै पुनरुत्थान हुने देखिन्छ । पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिकामा रहनुभएका नीतिनिर्माता, सरोकारवाला र स्रोत बजारमा पर्यटकीय विश्वसनीय सञ्चार प्रवाह गर्ने कार्यमा कार्यदल केन्द्रित रहने जनाइएको छ । कार्यदलले पहिचान गरेका १० फरक च्यानलबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरू नियमित रूपमा सम्प्रेषण गरिनेछन् ।
पर्यटन क्षेत्र पुनःसञ्चालनका लागि सर्वेक्षण, जनचेतना, विदेशी मोडेलको नमुना तथा सूचना संकलन पर्यटन प्रवद्र्धन गर्ने वातावरण बनाउने कार्य कार्यदलको उद्देश्यभित्र रहेको छ, जसका लागि कार्यदलले आफ्नो वेबसाइट पनि सञ्चालनमा ल्याएको छ । पर्यटन क्षेत्रमा समस्या समाधान गर्दै पुनरुत्थान नहुन्जेल कार्यदल सक्रिय रहनेछ । पाटा नेपाल च्याप्टर र स्कल नेपालको पहलमा स्थापना भएको कार्यदलमा पर्यटन क्षेत्रमा संलग्न व्यक्तित्व, संघसंस्था, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी र सरोकारवालाहरू संरक्षक रहेका छन् ।
विश्वव्यापी रूपमा पर्यटन पुनरुत्थानका लागि विश्वका थुप्रै देशले अभियान सञ्चालन गरिसकेका सन्दर्भमा नेपालले पनि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि देश दर्शन कार्यक्रमको थालनी गर्नु आफैँमा राम्रो र सुखद क्षणका रूपमा लिनुपर्छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन औपचारिक रूपमा घोषणा गरेर उद्घाटन गरे पनि विश्वव्यापी महामारी कोरोनाका कारण त्यो स्थगित बन्न पुग्यो । जुन तवरले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि कार्य थालनी गरिएको थियो, त्यो आफँैमा ओझेलमा पर्न पुग्यो । अब पनि हामीले हाम्रो पर्यटनलाई आर्थिक विकासका अभियान सञ्चालन गर्नुपर्छ । विश्वव्यापी कोरोना महामारीका कारण नराम्रोसँग थला परेको अर्थतन्त्रलाई उकास्नका लागि यस क्षेत्रको योगदान अपरिहार्य रहन्छ । तर विश्वव्यापी पर्यटकको आवागमन सहज नहुन्जेलसम्म आन्तरिक पर्यटन प्रवद्र्धनका विभिन्न प्याकेज ल्याउन सकिन्छ, जसले पर्यटन क्षेत्रलाई केही मात्रामा भए पनि मद्दत पुग्छ ।
नेपालले पर्यटन विस्तार र प्रवद्र्धनका लागि सन् १९९८ र सन् २०११ मा पनि नेपाल भ्रमण वर्ष मनाइसकेको थियो । सन् १९९८ मा ५ लाख पर्यटकले नेपाल भ्रमण गर्ने लक्ष्य लिएकोमा ४ लाख ६३ हजार ६७४ ले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०११ मा १० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य राखिएकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यतिबेलाको नारा ‘टुगेदर फर टुरिजम’ थियो । नेपालमा व्यवस्थित रूपमा पर्यटनको सुरुवात भएको धेरै भएको छैन । त्यसो त नेपालको पर्यटन आगमनको इतिहास ६९ वर्ष पुरानो छ । नेपाल विदेशी पर्यटकका लागि औपचारिक रूपमा आगमनका लागि खुला गरिएको सन् १९५० देखि नै हो । नेपाल भ्रमण वर्ष २०२० को आयोजना गरेर नेपाल सरकारले २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको थियो, जुन कोरोना कहरका कारण नराम्रोसँग थलिन पुगेको हो । जबकि सन् २०१९ मा १२ लाख हाराहारीमा पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
सन् १९५३ मई २९ मा नेपालका तेन्जिङ शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले सर्वप्रथम सगरमाथामा विजय प्राप्त गरेपछि नेपालको नाम नै विश्वमा फैलियो र त्यसपछि नै नेपाल सबैका लागि एउटा गन्तव्य बन्न पुग्यो । त्यसपछि नेपाली हिमाल र हिमशिखरको वर्णन विश्वभरि नै फैलियो । यहाँको प्रकृति, संस्कृतिका बारेमा विश्वभरिका मानिसको आकर्षणमात्र बढेन कि संसारका कुनाकाप्चाबाट थुप्रै विदेशी पर्यटक नेपाल भित्रने क्रम पनि तीव्र रूपमा बढ्दै गएको हो ।
नेपालमा पर्यटन व्ययसायको विराट सम्भावना भएर पनि भनेजति पर्यटक नेपाल भिœयाउन सकिएको छैन । कोरोना त्रासबाट पूर्ण रूपमा मुक्ति पाइसकेपछि हामीले नेपाली पर्यटन क्षेत्रको विस्तार, प्रचारप्रसारका लागि युद्धस्तरमा लाग्नुपर्छ, जसका लािग एकैचोटि कदम चाल्नु असहज हुने भएका कारण अहिले जुन देश दर्शन कार्यक्रमको घोषणा गरिएको छ, जुन ज्यादै सान्दर्भिक पनि छ । यस दौरानमा हामीले पर्यटन क्षेत्रका विविध समस्यालाई सम्बोधन गर्दै सुधार गर्नु पनि पर्छ । समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्नका लागि अन्य क्षेत्रभन्दा पनि पर्यटन क्षेत्रलाई एउटा महŒवपूर्ण कडीका रूपमा लिन सकिन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ३ प्रतिशत योगदान पर्यटनको छ । सरकारले १५ औँ पञ्चवर्षीय योजना समाप्त हुँदा त्यो १० प्रतिशतमा पु¥याउने लक्ष्य राखेको छ । अब हामीले कोरानाकालपछि नेपालमा आउने पर्यटकको संख्या बढाउनका लागि उनीहरू बस्ने र उनीहरूले खर्च गर्ने रकमलाई बढाउन सक्नुपर्छ । त्यसैले सोहीअनुरूपका विभिन्न कार्यक्रम तर्जुमा गर्नु सान्दर्भिक हुन्छ । त्यसैले देश दर्शन कार्यक्रम केवल सरकारको मात्र होइन, यो त नेपाल र सबै नेपालीको प्रतिष्ठाको विषय समेत हो । यसलाई सफल बनाउन सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरूसँग पनि सहकार्य गर्दै अगाडि बढ्नुपर्छ । स्वदेशका विभिन्न सञ्चारमाध्यममा पनि यसको प्रचार प्रसार गर्नुपर्छ ।
आगामी दिनमा पर्यटन क्षेत्रको विश्वव्यापीकरणका लागि सूचना प्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृश्य सामग्री महŒवपूृर्ण हुने हुँदा त्यसमा जोड दिनुपर्ने देखिन्छ । पर्यटन आगमनको सङ्ख्या वृद्धि गर्नका लागि पर्यटन क्षेत्रमा लगानी बढाउनु अर्को महŒवपूर्ण विषय हो, जसका लागि तीनै तहका सरकारले भौतिक पूर्वाधार विकास, नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसारजस्ता कार्यक्रमलाई प्राथमिकता दिनु आवश्यक छ । स्थानीय ठाउँमा अझै कैयन् पर्यटकीय सम्पदा ओझेलमा परेका छन्, जसलाई प्रचारप्रसार गर्नु आवश्यक छ । त्यस्ता पर्यटकीय स्थलको उचित प्रचारप्रसार गरी अनि देशका विमानस्थललाई तत्कालै आवश्यक सुधार गर्नुपर्ने देखिन्छ । त्यसैगरी यातायात, सुरक्षा, सूचना प्रविधिको उचित व्यवस्थापन गर्दै आवासका लागि विभिन्न प्रकारका होटलको व्यवस्था गर्ने हो भने पक्कै पनि भ्रमण वर्ष सार्थक र सान्दर्भिक हुनेछ । पूर्वाधार विकासबिना पर्यटन व्यवसाय सम्भव हुँदैन । त्यसैले नेपालको पर्यटन प्रवद्र्धनको मुख्य समस्या वा चुनौती भै पूर्वाधार विकास नै हो । पूर्वाधारको तयारी र उचित व्यवस्थापन भएमा मात्र पर्यटन व्यवसायले स्पष्ट गति लिन्छ, । कर्मचारी वा आमनागरिकलाई देश दर्शनको अभियानमा साथ दिनका लागि अनुरोध गर्ने, विभिन्न योजना वा प्याकेज सुरु गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी स्तरबाट नै विशेष कार्यक्रम महोत्सव सुरु गर्नु पर्छ । तर, अझै कोरोना संक्रमणको डर भएका कारण कतै संक्रमण फैलिने त होइन भन्ने त्रास कायमै छ । यसबीचमा कसरी देश दर्शन कार्यक्रम सफल होला एउटा सोचनीय र गम्भीर विषय हो ।

प्रतिक्रिया दिनुहोस्