भारतको म्यानुफ्याक्चरिङ पीएमआई करिब ९ वर्षकै उच्च «

भारतको म्यानुफ्याक्चरिङ पीएमआई करिब ९ वर्षकै उच्च

नयाँ दिल्ली-कोरोना संकटकाबीच अब अर्थतन्त्रका लागि राम्रो खबर प्राप्त भएको छ । पीएमआइको आंकडाका अनुसार सेप्टेम्बरमा म्यानुफ्याकचरिङ गतिविधि साढे ८ वर्षकै उच्च स्तरमा पुगेको छ । यो भन्दा पहिले सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीको आंकडा आएको थियो । उक्त आंकडाका अनुसार बेरोजगारीमा गिरावट आएको थियो ।
देशमा म्यानुफ्याक्चरिङको गतिविधिमा सेप्टेम्बरमा लगातार दोस्रो महिना सुधार भएको थियो । आईएचएस मार्किट इन्डियाको म्यानुफ्याक्चरिङ पर्चेजिङ मेनेजर सूचक (पीएमआई) सेप्टेम्बरमा बढेर ५६.८ पुगेको थियो । अगस्टमा यो ५२ मा थियो ।
पीएमआई ५० भन्दा माथि हुनुको अर्थ म्यानुफ्याक्चरिङ गतिविधि बढिरहेको छ र ५० भन्दा कम हुनुको अर्थ यसमा गिरावट आउनु हो । जनवरी २०१२ पछि यो पीएमआई सबैभन्दा उच्च स्तरमा हो ।
नयाँ अर्डर र उत्पादनमा बढोत्तरीबाट सेप्टेम्बरमा म्यानुफ्याक्चरिङ गतिविधि करिब सािढे ८ वर्षकै उच्च स्तरमा पुगेको थियो । समाचार संस्था पीटीआईका अनुसार आइएचएस मार्किटको इकोनोमिक एसोसिएट निर्देशक पोलियाना डी लीमाले भनिन्,“भारतको म्यानुफ्याक्चरिङ गतिविधि सही दिशामा बढीरहेको छ । सेप्टेम्बरको पीएमआई आंकडामा कयौ सकारात्मक बस्तु छन् । कोभिड–१९ प्रतिबन्धमा खुकुलोपछि कारखाना पुरा क्षमतामा काम गरिरहेका छन् र उनीहरुलाई नयाँ अर्डर प्राप्त भइसकेको छ । लगातार ६ महिनासम्म गिरावटपछि निर्यातमा सुधार आएको छ ।”

प्रतिक्रिया दिनुहोस्