Logo

सात महिनापछि पोखरा दिल्ली बस सेवा सञ्चालनमा

पोखराबाट बोर्डरसम्म, बोर्डरबाट अर्को बसमै सिधै दिल्लीसम्म, ११ प्रतिशत भाडा वृद्धि,
पोखरा-कोरोना भाइरस (कोभिड—१९) को कारण करिब ७ पहिनापछि पोखरादेखि भारतको दिल्लीसम्मका लागि बस सेवा पुनः संचालनमा आएको छ । मोडन एरा टुर्स एण्ड ट्राभल्स कम्पनीले बिहबिारदेखि उक्त सेवा पुनः संचालनमा ल्याएको मोडन एरा टुर्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।
उनका अनुसार हाल बोर्डमा सिधै गाडी प्रबेशमा रोक लगाइएकोले पोखरादेखि गएको बस बोर्डरसम्म पुग्ने र दिल्लीबाट बोर्डरसम्म अर्को बस आउने भएको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डका कुरा गाडी डिस—इन्फेक्सन, अनिवार्य मास्क, स्यानिटाइजरको प्रयोग र भौतिक दूरी एक मिटर कायम हुने गरी हाल नेपालमा २० जना यात्रु मात्र बोक्ने अध्यक्ष अधिकारीले जनाए ।
४० सिट क्षमताको उक्त बसमा हाल २० जना यात्रु मात्र बोक्ने उनले जनाए । उनले भने, “लगातार सात महिना जसो गाडी संचालन नहुदा हामीलाई ठूलो आर्थिक भार भएको छ, अर्कोतर्फ हाम्रा सवारी साधन मर्मत गर्नुपर्ने मजदुरहरूको झन धेरै समस्या भएकोले गर्दा यात्रुको माग अनुसार र हाम्रो चहानाअनुसार हाल दैनिक एउटा बस संचालनमा ल्याएका छौं । ” करिब ७ महिनापछि पहिलो पटक संचालन भएको पोखरा दिल्ली बसले २० जना यात्रु लियर बोर्डर हिँडेको छ ।
कोरोनाको प्रभावभन्दा अघि दैनिक दुई वटा बस सेवा संचालन भए पनि हाल दैनिक एउटा बस संचालन हुने, यात्रुको चाप र माग बढेमा पुनः दुईवटै बस सेवा संचालन गर्ने भएको अध्यक्ष अधिकारीले जनाए । उनका अनुसार हाल ११ प्रतिशतले भाडा बृद्धि गरिएको छ । पोखरादेखि दिल्लीसम्मका लागि ४ हजार रुपैया भाडा रहे पनि हाल ५ सय रुपैया मात्र बृद्धि गरिएको उनले जनाए । दिउँसो १ देखि २ बजेको समयमा पोखराबाट छुट्ने भएको कम्पनीले जनाएको छ । उक्त प्रालि पृथ्वीराजमार्ग बस संचालक कम्पनीमा आबद्ध रहेको छ । मोडन एराले विगत १४ वर्षदेखि निरन्तर रूपमा पोखरादेखि दिल्लीसम्मको सीधा बस सेवा दिँदै आएको छ । उक्त टुर्सले पोखरा काठमाण्डौं, पोखरा सौराह लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकीय स्तरका सुविधासम्पन्न सीधा बस सेवा संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्