जुम्लाका दुर्गम स्वास्थ्य चौकीमा ल्याब सेवा «

जुम्लाका दुर्गम स्वास्थ्य चौकीमा ल्याब सेवा

जुम्ला-संघीयतापछि स्वास्थ्य शिक्षा रोजगारका क्षेत्रमा केहि परिवतन अबस्य भएको छ । असीमित नागरिकका अपेक्षा, चाहनाअनुसार दुर्त गतिमा विकास नभए पनि संघीयताको मर्मअनुसार विकास निर्माणदेखि स्वास्थ्य सेवाका सन्दर्भमा स्थानीय सरकारले गति लिएकै छ । विगतमा स्टेचर नपाएर ढोकोेमै सुत्केरी बोक्नु पर्ने, सिटामोल नपाएर ज्यान गुमाउने कर्णालीका दुर्गम बस्तीमा संघीयतापछि गाउँकै स्वास्थ्यचौकीमा ल्याब सेवा संचालन भएको देख्दा स्थानीय दंग छन् ।
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाले गाउँकै स्वास्थ्यचौकीमा ल्याब सेवा सञ्चालनमा ल्याएको छ । पातारासी गाउँपालिकाका चारवटा स्वास्थ्य संस्था छुमचौर स्वास्थ्य चौकीमा ल्याब सेवा सुचारु गरिएको पातारासीका गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।
अध्यक्ष बोहोराले भने, “गाउँका नागरिकले दिसा पिसाब, रगत जाँच गर्नैकै लागि सदरमुकाम धाउन नपरोस, स्थानीय सरकार आएको महसुस गरून् भन्ने उद्देश्यका साथ स्वास्थ्यचौकीमै ल्याब संचालन गरिएको हो ।”
स्थानीय स्तरकै स्वास्थ्य चौकीमा ल्याव सेवा सुचारु गरेपछि दिसा–पिसाब, रगत र खकार परिक्षण गर्न सहज भएको छुमचौर स्वास्थ्य चौकीका इन्चार्ज लोकबहादुर रावलले बताए । । ल्यावमा रगत, दिसा–पिसाव र खकार परीक्षण गर्ने गरिएको छ । उनले भने, “ल्याब परीक्षणबाट आएका रिपोर्टअनुसार यहीबाटै रोगको उपचार गर्ने गरिएको छ । तर अलि जटिल किसिमको रिपोर्टअनुसार उपचार गर्नु परेको खण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गर्ने गरिएको छ ।”
त्यसैगरी पटमारा स्वास्थ्य चौकीमा पनि गत वर्षबाटै ल्याव सञ्चालनमा रहेको स्वास्थ्य चौकी इन्चार्ज कृष्ण बुढाले बताए । उनले भने, “अहिले स्थानीय स्तरमै ल्याब सञ्चालन भएपछि रगत, दिसा–पिसाव र खकार परीक्षण हुने गरेको छ ।
स्वास्थ्य चौकीमा ल्याव सञ्चालन गर्ने प्राविधिक भोलेन्टिएर रूपमा काम गर्दै आएका छन् । ल्याब टेक्नेसियनलाई पारिश्रमिकको स्थानीय तहले गरेको भए दिगो र व्यवस्थित हुनेछ ।” ल्याबमा अहिले किटमार्फत मात्र परीक्षण भइरहेको छ । बिजुलीको समस्या भएकाले माइक्रोसकोपिबाट सेवा उपलब्ध गर्न सकिएको छैन । यसअघि यहाँको तिला गाउँपालिकाको कुडारी स्वास्थ्य चौकीमा पनि ल्याब सेवा संचालन भइसकेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

प्रतिक्रिया दिनुहोस्