चौथो नवलपरासी औद्योगिक व्यापार मेला मंसिरमा «

चौथो नवलपरासी औद्योगिक व्यापार मेला मंसिरमा

पश्चिम नवलपरासीको परासीमा आगामी मंसिर १३ देखि २३ गतेसम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ ।
उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको वृहत् प्रदर्शनीसहितको मेला हुन लागेको हो । मेलामा विविध प्रकारका २०० भन्दा बढी व्यावसायिक कक्ष रहनेछन् ।
मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने तथा करिब पाँँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिए । नवलपरासी, रुपन्देहीसहित छिमेकी भारतीय बजारबाट समेत दर्शक मेला हेर्न आउने संघका महासचिव गिरिराज पाण्डले जानकारी दिए ।
धार्मिक, पर्यटकीयस्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनको सो मेलामा प्रदर्शनी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्