म्याग्दी र मुस्ताङका पशुपन्छीपालकलाई ५ करोड १७ लाख बजेट «

म्याग्दी र मुस्ताङका पशुपन्छीपालकलाई ५ करोड १७ लाख बजेट

म्याग्दी र मुस्ताङका पशुपन्छीपालक कृषकलाई ५ करोड १७ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले दुई जिल्लामा स्वीकृत वार्षिक कार्यक्रम केन्द्र प्रमुख नारायण कुसुमले पत्रकारहरूको उपस्थितिमा बजेटसहितको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पशुपालनलाई व्यावसायिक र आत्मनिर्भर बनाउनलाई केन्द्रका लागि चालूमा ६ करोड २ लाख ९९ हजार रुपैयाँ बजेटमध्ये कार्यालय सञ्चालनका लागि ८५ लाख ७५ हजार रुपैयाँ बजेट छ । पुँजीगततर्फ २३ लाख ३० हजार रुपैयाँ रहेको छ । यस आर्थिक वर्षमा उन्नत नश्ल विकास, विकास, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, भेडाबाख्रा स्रोत केन्द्र स्थापना, पशुपन्छी बिमा र फार्मलाई यान्त्रीकरणमा विकास लगायतमा पशुपन्छी ब्यवसाय प्रवद्र्धनमा ३ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको केन्द्रले जानकारी दिएको छ ।
कार्यालय पुर्वाधार निर्माण र आवश्यक सामग्री खरिदमा २३ लाख, मत्स्य ब्यवसाय प्रवद्र्धनमा १३ लाख ५ हजार, पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत पशु पूर्णखोप कार्यक्रमा ७० लाख रुपैयाँ सहित ८३ लाख ९४ हजार रुपैयाँ बजेट रहेको केन्द्र प्रमुख कुसुमले बताए । पशु आहारा प्रवद्र्धन कार्यक्तममा १० लाख ५० हजार, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रममा ८ लाख ७० हजार, पशु आनुवंशिक श्रोत संरक्षण कार्यक्तममा २९ लाख, पशुपन्छी प्रवद्र्धन कार्यक्तममा ७ लाख रुपैयाँ बजेट रहेको कार्यालयले सावंजनिक गरेको छ ।
त्यस्तै कोरोनाबाट प्रभावित कृषि कार्यक्रममा १५ लाख ५० हजार, सुशासन तथा पारदर्शिता कार्यक्रमका लागि ६ लाख ५ हजार रुपैया रहेको छ । दुई जिल्लामा व्यावसायिक रूपमा गाई, भैंसी, बाख्रा भेडा, कुखुरा, चौरीलगायतका पशुपालन गर्ने कृषकको व्यवसायको बिमा, खोप, विस्तार तथा कृषकलाई तालिमलगायतको कार्यक्रमका लागि रहेको बजेट छ ।

प्रतिक्रिया दिनुहोस्