जापानले अक्टोबरदेखि १० मुलुकलाई भ्रमण प्रतिबन्ध हटाउनेः निकी «

जापानले अक्टोबरदेखि १० मुलुकलाई भ्रमण प्रतिबन्ध हटाउनेः निकी

टोकियो-जापानले आगामी महिनादेखि सुरु हुनेगरी झन्डै १० विदेशी मुलुकलाई लगाएको प्रतिबन्ध हटाउने योजना बनाएको छ । यसले अन्य मुलुकलाई पनि जापनीमाथि लागेको प्रतिबन्ध हटाउनका लागि प्रेरित गर्ने निकी विजनेसले जनाएको छ ।
यी १० मुलुकहरुमा अस्ट्रेलिया, न्यूजिल्यान्ड, भियतनाम र अन्य न्यून कोारोनाभाइरस संक्रमण भएका मुलुक हुने निकीले जनाएको छ ।
तर अन्ततः जापानबाट पर्यटक स्वीकार गर्ने वा नगर्ने भन्ने निर्णय सोही मुलुकको सरकारमा निर्भर रहेने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्