हत्यामा संलग्न ६ जना पक्राउ «

हत्यामा संलग्न ६ जना पक्राउ

विराटनगर- बडादसैंका टीकाको दिन विराटनगरमा भएको हत्याकाण्डमा संलग्न अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
असोज २ गते दसैंको मेला घुम्ने क्रममा विराटनगर–१४ का राहुल भगतको हत्या भएको थियो । भगतको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेर पक्राउ गरिएका मध्ये विराटनगर–११ का १८ वर्षीय कुहिरा भन्ने विशाल सहनीलाई सार्वजनिक गरेको छ । अन्य ५ जना अभियुक्तलाई भने प्रहरीले सार्वजनिक गरेन । उनीहरू १८ वर्षभन्दा मुनिको उमेर समूहका रहेकाले सार्वजनिक नगरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । उनले मेला घुम्न गएका साथीहरूबीच सामान्य विवाद हुँदा भगतलाई छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बताए । पक्राउ गरिएका बिरुद्ध कर्तव्य ज्यान मुद्दाअन्र्तगत थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्