अस्थिर विश्वसँग जुझ्नका लागि चिनियाँ योजनाःउसको आफ्नै उपभोक्ता «

अस्थिर विश्वसँग जुझ्नका लागि चिनियाँ योजनाःउसको आफ्नै उपभोक्ता

बेइजिङ-चिनियाँ नेताहरुले उनीहरुको आगामी पाँच वर्षको विकास योजनाको तयारी गरेसँगै केही सरकारी सल्लाहकारले चीनको घरेलू सवलताको निर्माणलाई प्राथमिकता िदिने विषयलाई जोड दिएका छन् ।
चिनियाँ निकायहरुले अर्थतन्त्रलाई निर्यात आधारित निर्भरताबाट घरेलू उपभोगमा प्रयोग गर्ने विषयमा जोड दिएका छन् । यो मुलुकले कोरोनाभाइरस महामारीबाट र अमेरिकासँगको तनावबाट विश्वव्यापी वृद्धिमा परेको प्रभावको सामना गर्दै आएको छ । अमेरिका चीनकै ठूलो व्यापार साझेदार रहदै आएको छ ।
“चिनियाँ अर्थतन्त्र लगातार विकास हुनु आवश्यक छ । यदी विश्वव्यापी मागमा संकुचन आएर निर्यात ओरालो लाग्यो भने उनीहरुले कम उपभोग गर्नेछन्,” चीनको शीर्ष कार्यकारी निकायका एक सल्लाहकार यीफू लिनले बताए ।
यसैगरी हुवावेजस्ता चिनियाँ कम्पनीमाथिको अमेरिकी प्रतिबन्धले यी व्यवसायले चीनमा ध्यान केन्द्रीत गर्नुपर्ने लीनले बताए ।
नेताहरुले आगामी पाँच वर्षको विकास योजना २०२१ मा सुरु हुने तय गर्ने भएसँगै डुअल सर्कुलेसन नाम दिइएको घरेलू चिनियाँ बजारमाथि व्यापक जोड दिइएको छ । आर्थिक योजना राष्ट्रिय प्राथमिकताका लागि यस किसिमको १४ औं रोडम्याप हुनेछ ।
कम्यूनिष्ट पार्टी केन्द्रीय समितीले प्रमुख बैठक बेइजिङमा अक्टोबर २६ देखि २९ सम्म गर्न लागेको राज्य मिडियाले सोमबार घोषणा गरेका छन् ।
यसको अर्थ यसको अवधि अमेरिकी राष्ट्रपतिय चुनावको केही दिन अगाडि मात्रै अन्त्य हुने छ ।
अमेरिका र चीनबीचको तनाव विगत २ वर्षदेखि चल्दै आएको छ । यो व्यापारबाट सुरु भएर प्रविधिमा खनिएको थियो र केही हदसम्म वित्तीय क्षेत्रमा पनि । कतिपय अर्थशास्त्रीहरुले विश्वकै ठूलो अर्थतन्त्रमा आगामी केही वर्षमा चीनले अमेरिकालाई उछिन्ने अनुमान लगाएका छन् । उक्त समयमा १४ औं पञ्च वर्षिय योजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्