२०११ देखि पहिलो पटक सेयर ग्रान्ट लिदै एप्पल सीईओ टिम कुक «

२०११ देखि पहिलो पटक सेयर ग्रान्ट लिदै एप्पल सीईओ टिम कुक

वासिङटन-एप्पलका सीईओ टीम कुकले २०११ देखि पहिलो ठूलो सेयर ग्रान्ट पाएका छन् । यसले उनलाई २०२५ सम्ममा सेयरको ठूलो प्रतिफल दिने एसईसीको फाइलिङमा उल्लेख छ ।
कुकले ३,३३,९८७ कित्ता बिक्री गर्न नपाउने सेयर पाउने छन् ।
छुट्टै प्याकेजमा कुकले २०२३ मा ३,३३,९८७ कित्ता सेयर पाउनेछन् । यदी सेयर बजारमा कुकले एप्पलको भूमिका लक्ष्यमा पु-याए भने यो २०२३ सम्ममा दोब्बर हुनेछ । तर, यदी एप्पलको भूमिका बिग्रियो भने कुकले त्यो प्याकेजको कुनै पनि हिस्सा नपाउन पनि सक्छन् ।
यदी एप्पलले लगातार राम्रो ग-यो भने कुकले २०२५ मा एप्पलको १०,०१,९६१ कित्ता सेयर पाउनेछन् । यो उनी २०११ मा सीईओ भए लगत्तै पाएको १० लाख सेयर ग्रान्ट बराबरको हुनेछ ।
मंगलबारको क्लोजिङ मूल्य ११४.०९ डलर थियो । कुकले पाउने सेयरको अधिकतम मूल्य ११४ डलर हुने छ । परिमाण एप्पलको सेयर मूल्यको वृद्धि र गिरावटमा निर्भर रहन्छ ।

प्रतिक्रिया दिनुहोस्